spot_img
Sunday, September 22, 2024
70.7 F
Washington DC.
spot_img

श्रीलंकामा लागुऔषध तस्करीको आरोपमा १५ हजार पक्राउ : ४४० केजी लागुऔषध बरामद

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

श्रीलंकाले लागुऔषध तस्करीको आरोपमा १५ हजार जनालाई पक्राउ गरेको छ । बृहतरुपमा गरिएको छापामा करिब ४ सय ४० केजी लागुऔषध बरामद भएको छ । जसमध्ये २७२ केजी भांग, ३५ केजी गाँजा र ९ केजी हेरोइन समावेश छ ।

श्रीलङ्का प्रहरीका अनुसार पक्राउ परेकामध्ये १३ हजार ६६६ लागुऔषध ओसारपसारमा संलग्न छन् भने करिब ११ सय लागुऔषध दुव्र्यसनी छन् । उनीहरुलाई लागुऔषधको लतबाट छुटाउन सैन्य सुविधामा पठाइएको प्रहरीले जनाएको छ। श्रीलंकामा लागुऔषध तस्करहरूलाई नियन्त्रण गर्न यो महिना युक्तिया (अर्थ न्याय) नामक विशेष अभियान सुरु गरिएको थियो।

क्रिसमसलाई ध्यानमा राखेर केही दिनका लागि छापा मार्ने काम रोकिने प्रहरीले जनाएको छ । तर, मानवअधिकारकर्मी हेजाज हिजबुल्लाहले यो कारबाहीको विरोध गरेका छन् । प्रहरीले बिना सर्च वारेन्ट छापा मारेको उनीहरुको आरोप छ ।

भारतीय नौसेना बाहेक, भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरोले श्रीलंका र माल्दिभ्ससँग मिलेर अपरेशन समुद्रगुप्तामा काम गरेको थियो। उनीहरुले लागुऔषध ओसारपसारको जानकारी एक अर्कासँग साझा गरेका थिए , जसको कारण श्रीलंकाली नौसेनाले डिसेम्बर २०२२ र अप्रिल २०२३ 3 मा दुई ठूला अपरेशनहरू सञ्चालन गरेको थियो।

उक्त अपरेसनमा २८६ केजी हेरोइन र १२८ केजी मेथाम्फेटामाइन बरामद र १९ लागूऔषध तस्कर पक्राउ परेका थिए । सोही क्रममा माल्दिभ्स प्रहरीले मार्चमा ४ किलो हेरोइन बरामद गरी ५ तस्करलाई पक्राउ गरेको थियो ।

श्रीलंकामा अहिलेसम्मकै सबैभन्दा ठूलो लागुऔषधको ओसार पसार गर्ने व्यक्तिहरु सन् २०१६ को डिसेम्बरमा पक्राउ परेका थिए । सो अवधिमा प्रहरीले करिब ८ सय केजी कोकिन बरामद गरेको थियो जसको मूल्य लगभग ८९८ करोड रुपैयाँ थियो। श्रीलंकामा सन् २०१५ देखि २०१८ सम्म करिब १७०० केजी लागुऔषध बरामद भएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img