spot_img
Sunday, September 22, 2024
70.7 F
Washington DC.
spot_img

फ्लोरिडाको सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार, एक जनाको मृत्यु, एक महिला घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकास्थित सेन्ट्रल फ्लोरिडाको एउटा सपिङ मलमा शनिबार भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएको प्रहरीले जानकारी दिएको छ । ओर्लान्डोबाट करिब ८० माईल उत्तरपश्चिममा रहेको ओकालाको प्याडक मलमा उक्त व्यक्तिलाई धेरै पटक गोली हानिएको ओकालाका प्रहरी प्रमुख माइक बाल्कनले शनिबार साँझ पत्रकारहरूलाई जानाकार्ती दिदै बताएका हुन्। घटनाको प्रकृति हेर्दा यो आक्रमण स्पष्ट रूपमा ती व्यक्तिलाई लक्षित गरिएको प्रहरीले अनुमान गरेको छ।

घटनामा एक महिला घाइते भएको प्रहरीले जनाएको छ । आक्रमणकारीले बन्दुक पछाडि छोडेर घटनास्थलबाट भागेको बाल्कनले बताएका छन । घटनाको जानकारी पाएलगत्तै प्रहरी दिउँसो ३ः४० बजे मलमा पुगेको थियो । बाल्कनले पत्रकारहरूलाई भने, “अधिकारीहरू तुरुन्तै मलमा पुगे। अनुसन्धानका क्रममा उनीहरुले बन्दुकधारी व्यक्ति व्यावसायिक आक्रमणकारी नभएको पत्ता लगाएका थिए ।

गोलीबारीमा अन्य केही मल सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img