spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

पाकिस्तान: पीटीआईले पार्टी चिन्ह “क्रिकेट ब्याट” हटाउने निर्वाचन आयोगको निर्णयलाई चुनौती दिने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले फेब्रुअरी ८ मा हुने आम निर्वाचन अघि पार्टीको चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ हटाउने निर्वाचन आयोगको निर्णयलाई चुनौती दिने भएको छ।

पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहर अली खानले शनिबार घोषणा गरेका छन् कि पार्टीको चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ हटाउने निर्वाचन आयोगको निर्णयलाई चुनौती दिदै पार्टी पेशावर उच्च न्यायालय वा सर्वोच्च अदालतमा जानेछ। निर्वाचन आयोगको यो निर्णय पेशावर उच्च अदालतले शुक्रबारसम्ममा पीटीआईको अन्तरदलीय चुनाव र चुनाव चिन्हका बारेमा निर्णय गर्न निर्देशन दिएको एक दिनपछि आएको हो।

अडियाला जेल बाहिर मिडियासँग कुरा गर्दै गोहरले संचारमाध्यमलाई बताए कि ‘ब्याट’ चिन्ह पुन: दावी गर्न पीटीआईको निवेदन कार्यालय समयको पहिलो घण्टामा मंगलबार दायर गरिनेछ। उनले निर्वाचन आयोगको पछिल्लो आदेशमा आफ्नो पार्टीलाई २२७ आरक्षित सिटबाट वञ्चित गर्ने षड्यन्त्र रहेको आरोप लगाए ।

‘अहिले राष्ट्रिय सभामा ७० आरक्षित सिट छ । पाकिस्तानमा कुल आरक्षित सिटको संख्या २२७ छ। राष्ट्रिय पार्टीले मान्यता पाएका दलहरूले आफ्नो पार्टीको शक्ति बराबर विधानसभामा सिट पाउँछन्,” गोहरले बताए।

उनले थप भने कि पाकिस्तानको निर्वाचन आयोगको आदेश विरोधाभासी देखिन्छ। गोहर, जो एक वकिल पनि हुन्, उनले विश्वास व्यक्त गरे कि पीटीआईले अदालत गएपछि अपेक्षित राहत पाउनेछ।

पीटीआईले संविधानको अनुच्छेद १८४ अन्तर्गत सर्वोच्च अदालतमा निर्वाचन आयोगको आदेशलाई चुनौती दिन सक्ने प्राबधान रहेको गोहरले बताए । उनले पूर्वप्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खान ‘पीटीआईका अध्यक्ष थिए, छन् र हुनेछन्’ र उनले आफूलाई खानले दिएको जिम्मेवारी मात्रै पूरा गरिरहेको दोहोर्‍याए।

गोहरले अनुचित निर्वाचनले देशमा अराजकता र भ्रम निम्त्याउन सक्ने चेतावनी दिए र इमरान खान जेलबाट मुक्त नभएसम्म आफ्नो पार्टीको जिम्मेवारी पूरा गरिरहने वाचा गरे।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img