spot_img
Monday, May 20, 2024
60.2 F
Washington DC.
spot_img

अमेरिकाले इराकमा इरान समर्थित काताइब हिजबुल्लाह विरुद्व गर्‍यो हवाई आक्रमण

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले सोमबार अमेरिकी सेनाले इराकमा इरान समर्थित सेनाले प्रयोग गर्ने तीन ठाउँमा आक्रमण गरेको बताएका छन्। इरान समर्थित समूहको आक्रमणमा केही अमेरिकी सैनिक घाइते भएपछि अमेरिकाले जवाफी कारबाही गरेको हो ।

उत्तरी इराकमा ड्रोन हमलामा तीन अमेरिकी सैनिक घाइते भएपछि राष्ट्रपति जो बाइडेनले इरान समर्थित मिलिशिया समूहहरू विरुद्ध बदला लिने आदेश दिएपछि आक्रमणहरू भएका हुन्।

रक्षा सचिव लोयड अस्टिनले एक विज्ञप्ति जारी गर्दै भनेका छन , “अमेरिकी सेनाले इराकमा कातेब हिजबुल्लाह र सम्बद्ध समूहहरूले प्रयोग गर्ने तीनवटा केन्द्रहरूमा आवश्यक र समानुपातिक हमला गरेको छ।” “यी सटीक स्ट्राइकहरू इराक र सिरियामा अमेरिकी अधिकारीहरु विरुद्ध इरानी प्रायोजित मिलिशियाहरूद्वारा गरिएको आक्रमणको प्रतिक्रिया हो, जसमा इरान-सम्बन्धित कताएब हिजबुल्लाह र यससँग सम्बद्ध समूहहरूद्वारा आज अर्बिल एयर बेसमा गरिएको आक्रमण समावेश छ,” उनले भने। ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले सोमबारको आक्रमणमा एक अमेरिकी सैनिक गम्भीर घाइते भएको बताइन्। इरान समर्थित मिलिशिया काताइब हिजबुल्लाह र इरान समर्थित लडाकुहरूको छाता अन्तर्गत सम्बद्ध समूहहरूले आक्रमणको जिम्मेवारी लिएका छन्। क्याम्प डेभिड, मेरील्याण्डमा राष्ट्रपति रिट्रीटमा क्रिसमस मनाउँदै आएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सोमबार आक्रमणको बारेमा जानकारी दिइएको थियो, त्यसपछि उनले पेन्टागनलाई प्रतिक्रियाका लागि विकल्पहरू तयार गर्न आदेश दिएका थिए । राष्ट्रपतिको आदेश पछि, रक्षा सचिव लोयड अस्टिन र राष्ट्रिय सुरक्षा टोलीले तुरुन्तै योजनाहरू तयार गर्दै विकल्पहरू प्रस्तुत गरेको पेन्टागनले जनाएको छ । त्यसपछि राष्ट्रपति बाइडेनले काताइब हिजबुल्लाह र सम्बद्ध समूहहरूले प्रयोग गर्ने तीन स्थानहरूमा आक्रमणको निर्देशन दिएका थिए ।

अक्टोबर ७ मा इजरायल बिरुद्वको हमासको विनाशकारी आक्रमण पश्चात युद्ध सुरु भएपछि यस क्षेत्रमा अमेरिकी सेनाहरू विरुद्ध बढ्दो खतरा र कारबाहीहरू पछि अमेरिकी सेनाहरूमाथिको यो पछिल्लो आक्रमण हो । अमेरिकाले इरानलाई लाल सागरमा व्यापारी जहाजहरू विरुद्धको आक्रमण सहित हमासलाई आर्थिक सयहोग र सैन्य तालिम दिन क्षेत्रभरि प्रोक्सी समूहहरूको नेटवर्क खडा गरी हिंसा बढाएको आरोप लगाएको छ। हुथी विद्रोहीहरूले लाल सागर र अरब सागरमा व्यापारी जहाजहरूलाई निशाना बनाएको आरोप छ। भारतीय नौसेनाले पनि अरब सागरमा व्यापारिक जहाजको सुरक्षाका लागि आफ्ना तीनवटा युद्धपोत तैनाथ गरेको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img