spot_img
Friday, May 10, 2024
57.3 F
Washington DC.
spot_img

रुस-युक्रेन युद्ध: युक्रेनद्वारा रुसको कब्जामा रहेको क्रिमियामा फेरि ठूलो हमला , नौसेनाको जहाज ध्वस्त

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेनले क्रिमियामा रहेको रुसी नौसैनिक युद्धपोतमा आक्रमण गरेको छ । प्राप्त जानकारी अनुसार फियोडोसिया बन्दरगाहमा अवतरण गरेको ठूलो रुसी जहाज ध्वस्त भएको छ । यस आक्रमणमा एक रुसी नागरिकको मृत्यु भएको छ । यसबाहेक अन्य दुई जना घाइते भएको बताइएको छ । रुसले यो आक्रमणको पुष्टि गरेको छ ।

ठूला ल्यान्डिङ क्राफ्ट नोवोचेरकास्कलाई युक्रेनी विमानद्वारा निर्देशित मिसाइलहरूद्वारा आक्रमण गरी जहाजलाई क्षति पुर्याएको इन्टरफ्याक्स समाचार एजेन्सीले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ । क्रिमियाका रुसद्वारा स्थापित गभर्नर सर्गेई अक्स्योनोभले टेलिग्राममा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको बताएका छन ।

प्राप्त जानकारी अनुसार आक्रमणबाट लागेको आगो नियन्त्रणमा आएको छ । अहिले बन्दरगाहको यातायात सञ्चालन सामान्य रुपमा चलिरहेको छ । बन्दरगाह क्षेत्रमा ठूलो विष्फोट भएको कथित रूपमा सामाजिक सञ्जालमा फुटेज सार्वजनिक भएको छ ।

यसअघि युक्रेनी वायुसेनाका प्रमुखले आफ्ना लडाकु विमानहरूले रुसी जहाजलाई ध्वस्त पारेको बताएका थिए। टेलिग्राम पोष्टमा युक्रेनी वायुसेना कमाण्डर माइकोला ओलेशचुकले ल्यान्डिङ क्राफ्ट नोवोचेरकास्क अवतरण जहाजमा आक्रमणमा संलग्न सैनिक र पाइलटहरूलाई धन्यवाद दिएका छन् । युक्रेनले आक्रमण गरेको यो तेस्रो ठूलो रुसी युद्धपोत हो।

लगभग ६९ हजार जनसंख्या भएको फियोडोसिया क्रिमियन प्रायद्वीपको दक्षिणी तटमा अवस्थित छ। युक्रेनी हमलामा क्षति पुगेको ‘नोभोचेरकास्क’ जहाज पोल्याण्डमा निर्माण गरिएको बताइएको छ । यो जहाज ८० को दशकको अन्तमा प्रयोगमा ल्याइएको थियो। यी जहाजहरू ट्याङ्कसहित विभिन्न प्रकारका सशस्त्र सवारीसाधन बोक्न सक्षम छन्।

२०१४ मा रुसले क्राइमियालाई अवैध रूपमा कब्जा गरेको थियो। यसअघि युक्रेनले सेप्टेम्बरमा क्रिमियामा रहेको रुसको ब्ल्याक सी नौसैनिक मुख्यालयमा आक्रमण गरेको थियो । युक्रेनी हवाई आक्रमणमा दुई जनरल सहित नौ जनाको मृत्यु भएको थियो। सोही क्रममा १६ जना घाइते भएका थिए । युक्रेनले हालसम्म क्रिमियामा ३ वटा ठूला हमला गरिसकेको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img