Sunday, May 18, 2025
70.1 F
Washington DC.

इजरायली आक्रमणमा मारिएका इरानी रिभोलुसनरी गार्डका कमाण्डरको अन्त्येष्टिमा हजारौंले शोक मनाए

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

तीन दिनअघि इजरायली हमलामा मारिएका इरानको इस्लामिक रिभोलुसनरी गार्डका वरिष्ठ कमाण्डर राजी मौसावीलाई श्रद्धाञ्जली दिन तेहरानको केन्द्रीय इमाम हुसेन मार्गमा हजारौंको संख्यामा मानिसहरु भेला भएका थिए। एएफपीका अनुसार भेला भएको भीडले इजरायल र अमेरिका विरोधी नारा लगाएका थिए।

इरानको सरकारी मिडिया तस्निम समाचार एजेन्सीका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्डको विदेश मामिला विभागका वरिष्ठ कमाण्डर मौसावी इजरायली मिसाइल आक्रमणमा सिरियाको राजधानी दमास्कस उपनगर नजिकै तीन दिन अघिमात्र मारिएका थिए ।

“इजरायलले यो अपराधको परिणाम अवश्य भोग्ने छ” भन्दै इरानका राष्ट्रपति इब्राहिम रायसीले बदला लिने जनाएका छन् ।

युद्धग्रस्त सिरियामा हालैका वर्षहरूमा इरानसँग सम्बन्धित लक्ष्यहरूमा सयौं हमला गर्ने इजरायली सेनाले यस विषयमा विदेशी मिडियालाई टिप्पणी गर्न अस्वीकार गरेको छ।

एएफपीका अनुसार, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले बिहीबार मौसावीका परिवारलाई भेटेका थिए र मारिएका जनरलको शव अगाडि उभिएर प्रार्थना गरेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। धेरै शोक गर्नेहरूले इजरायलको प्रतीक ‘म तिम्रो प्रतिद्वन्द्वी हुँ’ भन्ने सन्देशसहितको पहेँलो झण्डा फहराएको थियो।

गार्ड प्रमुख होसेन सलामीले मौसावीलाई मध्यपूर्वमा सबैभन्दा अनुभवी र प्रभावकारी इस्लामिक रिभोलुसनरी गार्डको कमाण्डरहरू मध्ये एक भएको बताउदै सलामीले २०२० मा बगदादमा अमेरिकी ड्रोन हमलामा कुड्स फोर्सका पूर्व कमाण्डर कासिम सुलेमानीको मृत्युपछि मौसावीको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेको एएफपीले जनाएको छ । सुलेमानीले एक दशकभन्दा बढी समयदेखि गार्ड्सको विदेश मामिला विभाग सञ्चालन सञ्चालन गर्दै आएका थिए।

अक्टोबर ७ मा प्यालेस्टिनी हमास लडाकु समूहले गरेको अचानक आक्रमणमा इरानको भूमिका रहेको संकेत गर्दै इजरायलले जनरलको हत्या गरेको हुन सक्ने गार्ड प्रमुख होसेन सलामीले जानकारी दिएको जनाइएको छ । इजरायलको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार उक्त आक्रमणमा इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए र करिब २५० जनालाई बन्धक बनाइएको थियो ।

गाजामा हमास नियन्त्रित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको लगातार बमबारी, घेराबन्दी र गाजामा भूमि हमलाबाट कम्तिमा २१,११० व्यक्तिको मृत्यु भएको छ। हमासलाई आर्थिक र सैन्य रूपमा सहयोग गर्ने इरानले उक्त अक्टोबर ७ को घातक हमलालाई “सफलता” भनी स्वागत गरेको छ तर प्रत्यक्ष संलग्नता अस्वीकार गर्दै आएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img