spot_img
Friday, May 17, 2024
61.5 F
Washington DC.
spot_img

सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ फेरिपनि “हेर्दाहेर्दै” मा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ बिहीबार नसकिएकाले अदालतले फेरिपनि “हेर्दाहेर्दै”मा राखेको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा भएको सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ न्यायाधीश शिशिरराज ढकालको इजलासमा गत आइतबारदेखि फैसला बहस सुरु भएको थियो । सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी रहेको छ । बुधबार पनि सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । सन्दीप पक्षको बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि जिल्ला अदालतका न्यायाधीश ढकालले फैसला सुनाउनुहुनेछ ।

सन्दीपमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो। सन्दीपमाथि २०७९ भदौ ५ मा काठमाडौँको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img