spot_img
Friday, September 20, 2024
82.2 F
Washington DC.
spot_img

भारतले अन्तरिक्षमा रच्यो नयाँ इतिहास, आदित्य एल-१ आफ्नो लक्ष्यमा पुग्यो, प्रधानमन्त्री मोदीले दिए बधाई

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतले शनिबार अन्तरिक्षमा नयाँ इतिहास रच्न सफल भएको छ । भारतको सूर्य मिसन आदित्य एल-१ आफ्नो लक्ष्यमा पुगेको भारतिय अन्तरिक्ष अनुसन्धान संगठन- इसरोले जनाएको हो।

यस सफलताका लागि प्रधानमन्त्री मोदीले भारतिय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) लाई बधाई दिएका छन्। भारतले अर्को उपलब्धि हासिल गरेकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्री मोदीले एक ट्विट गरेका छन् ।

“भारतको पहिलो सौर्य अन्तरिक्षयान सौर्य मिशन आदित्य-एल -१ आफ्नो गन्तव्यमा पुग्यो, यो हाम्रा वैज्ञानिकहरुको अथक समर्पणको प्रमाण हो,” प्रधानमन्त्री मोदीले भनेका छन।प्रधानमन्त्रीले मानवताको हितका लागि विज्ञानको नयाँ सिमानालाई निरन्तरता दिने बताएका छन ।

प्रधानमन्त्री मोदीले आफु यो असाधारण उपलब्धिको प्रशंसा गर्न राष्ट्रसँग जोडिएको बताएका छन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img