spot_img
Friday, September 20, 2024
74.5 F
Washington DC.
spot_img

उ.कोरियाले द. कोरियाली सीमा नजिक ‘युद्ध अभ्यास’ गरेको आरोप , किमकी बहिनीद्वारा आरोप अस्वीकार

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

उत्तर कोरियाले लगातार तेस्रो दिन दक्षिण कोरियासँगको सीमा नजिकै “प्रत्यक्ष युद्ध अभ्यास” गरिरहेको दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले जनाएका छन्।

दक्षिण कोरियाली सञ्चारमाध्यम योनहापका अनुसार उत्तर कोरियाले आइतबार आफ्नो कडा सुरक्षामा रहेको पश्चिमी सिमाना नजिक श्रृंखलाबद्व अभ्यास सञ्चालन गरेको छ जस अनुसार पश्चिमी तटको पानीमा लगभग ९० तोपहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ।

योनहापले जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उदृत गर्दै जनाए अनुसार उत्तरी सीमा रेखाको उत्तरमा समुद्री बफर जोनमा तोपखाना गोलाबारीहरू पत्ता लागेको छ । उत्तरी सीमा रेखाले पहेंलो सागरमा डि-फ्याक्टो समुद्री सीमाको रूपमा कार्य गर्दछ। यसबाहेक, यी गोलीबारीहरू विशेष गरी दक्षिण कोरियाको सीमा टापु येओनप्योङलाई लक्षित गरी बेलुका ४ बजेबाट ५:१० बजे सम्म चलेको जनाइएको छ।

यस अभ्यासले दुई देशबीचको विवादित समुद्री सीमा नजिक रहेका दुई दक्षिण कोरियाली टापु, येओनप्योङ र बाङ्न्योङमा बसोबास गर्नेहरुलाई चेतावनी दिदै स्थान खाली गरी अन्यत्र जान आदेश जारी गरिएको जनाइएको छ।

शुक्रबार, उत्तर कोरियाले टापुहरू नजिकै २०० भन्दा बढी गोलाबारी प्रहार गरेको योनहापले जनाएको छ। प्रहार गरिएका केही गोलाबारी मध्यवर्ती क्षेत्रमा समेत पुगेको थियो यो स्थान सन् २०१८ मा एक डी-एस्केलेसन सम्झौता अन्तर्गत स्थापित भएको थियो। गत नोभेम्बरमा उत्तर कोरियाले जासुसी उपग्रह कक्षामा प्रक्षेपण गर्दा उक्त सम्झौताको उल्लंघन गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।

उत्तर कोरियाले समुद्री सीमा नजिकै “लाइभ फायर ड्रिल” गरेको कारण देखाउदै आइतवार योनप्याङका बासिन्दाहरूलाई घर भित्रै बस्न चेतावनी दिइएको छ ।

किमकी शक्तिशाली बहिनीद्वारा उत्तर कोरियाले सीमा नजिकै गोलीबारी गरेको दाबीको खण्डन

तर, उत्तर कोरियाली नेता किम जोङ की शक्तिशाली बहिनी किम यो जोङले प्योङयाङले सीमा नजिक कुनै पनि गोलाबारी गरेको कुरालाई अस्वीकार गरेकी छन् । उत्तर कोरियाली समाचार एजेन्सी (केसीएनए) द्वारा जारी एक विज्ञप्तिमा उनले दक्षिण कोरियाली सेनाले ६० वटा बन्दुकको आवाजको नक्कल गरेर सामान्य विस्फोट गराएको र उत्तर कोरियाली सेनाको प्रतिक्रिया हेरेको दाबी गरेकी छन्।

“हामीले सोचे अनुसारको नतिजा आयो”, उनले भनिन्, “उनीहरूले विस्फोटकको आवाजलाई गलत अनुमान गरे , यो तोपखानाको फायर हो भन्ने ठाने स्पष्ट रूपमा झूट बोले।”

उनले दक्षिण कोरियाली सेनालाई पनि खिल्ली उडाउँदै भनिन्, “भविष्यमा उनीहरूले उत्तरी आकाशमा गर्जनको आवाजलाई पनि हाम्रो सेनाको तोपखानाको फायर भनेर गल्ती गर्नेछन्।”

गत वर्ष किम जोङ उनले आफ्नो देशलाई आणविक शक्ति घोषणा गरेपछि र उच्च उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (ICBM) परीक्षण गरेपछि दुई कोरियाबीच बढेको तनावको बीचमा यो अभ्यास भएको हो।

गत वर्षको अन्त्यमा प्योङयाङमा भएको नीतिगत बैठकमा किमले दक्षिण कोरियामा आणविक आक्रमणको धम्की दिएका थिए र आफ्नो देशलाई सशस्त्र द्वन्द्व अघि आफ्नो सैन्य हतियार निर्माण गर्न आह्वान गरेका थिए।

दक्षिण कोरियाले उत्तरको उत्तेजकताको निन्दा गर्दै वार्तामा फर्कन र सम्झौताको पालना गर्न आग्रह गरेको छ । दक्षिण कोरियाको नजिकको सहयोगी राष्ट्र अमेरिकाले पनि स्थितिप्रति चिन्ता व्यक्त गर्दै आफ्नो साझेदारको रक्षाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img