spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

कम मतदान र हिंसाका कारण बांग्लादेशको आम चुनाव प्रभावित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बंगलादेशमा आइतवार भएको आम निर्वाचनमा कम मतदाताको उपस्थिति र छिटपुट झडपहरू भएको छ। झडपमा एक व्यक्तिको मृत्यु भएको छ । प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लगायत धेरै दलहरूले हडताल र बहिष्कारको आह्वानका बीच चुनाव सम्पन्न भएको छ ।

देशको निर्वाचन आयोगका अनुसार योग्य मतदातामध्ये एक तिहाइभन्दा कमले मतदानको निर्धारित समयभन्दा एक घण्टा अगाडि नै मतदान गरेका थिए। अपराह्न ३ बजेसम्म २७ दशमलव १५ प्रतिशत मतदान भएको आयोगका सचिव जहाङ्गिर आलमले जानकारी दिएका छन् । स्थानीय समय अनुसार अपराह्न ४ बजे मतदान सकिए लगत्तै मतगणना सुरु गरिएको थियो ।

स्थानीय समय अनुसार बिहान ८ बजे ४२ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान सुरु भएको थियो जसमा २ सय ९९ संसदीय सिटका लागि उम्मेदवार बनाइएको थियो। बंगलादेशको प्रमुख मिडिया आउटलेट, डेली स्टारका अनुसार दिनभरि कम मतदाताको सहभागिता र अनियमितता वा हिंसाका धेरै थोरै घटनाहरू देखिएका छन्।

प्रधानमन्त्री शेख हसिनाले राष्ट्रिय राजधानी ढाकाको एक मतदान केन्द्रमा मतदान गरेकी छन् । दुई मतदान केन्द्रका अध्यक्षहरुले चिसो मौसमका कारण केही हदसम्म कम मतदान भएको बताएका छन् ।

निर्वाचन आयोगले चटगाउँमा सत्तारुढ अवामी लिगका मोस्ताफिजुर रहमान चौधरीको उम्मेदवारी खारेज गरेको छ। बंगलादेशको कानुनअनुसार अब सम्बन्धित निर्वाचन क्षेत्रका अन्य उम्मेदवारबीच चुनाव हुनेछ।

बिहान मतदान सुरु भएपछि छिटपुट झडप भएको बताइएको छ । सिन्ह्वा रिपोर्टका अनुसार स्वतन्त्र उम्मेदवारका समर्थकहरूले एकजना व्यक्तिमाथि आक्रमण गरी धारिलो हतियारले हान्दा उनको मृत्यु भएको थियो। प्रहरीले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।

चट्टोग्राममा प्रहरी र नेकपाका कार्यकर्ताबीच फेरि झडप भएको जनाइएको छ । बिएनपी, जमात ए इस्लामी, वाम लोकतान्त्रिक मोर्चा र अन्य धेरै विपक्षी दलहरूले आइतबार बन्दको आह्वान गरेका छन्। यी दलहरूले चुनाव बहिष्कार गर्दै चुनावलाई “नाटक” भएकाले मतदान नगर्न मानिसहरूलाई आग्रह गरेका छन् । उनीहरूले शेख हसिनाको अवामी लिग सरकारको राजीनामा र तटस्थ कार्यवाहक सरकारमा चुनाव गराउन माग गरेका थिए, जुन अभ्यास विगतमा धेरै पटक गरिएको थियो।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img