spot_img
Saturday, May 11, 2024
47.6 F
Washington DC.
spot_img

टेक्सासमा भाडाको घरमा गोली चल्दा तीन जनाको मृत्यु, दुई घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार, क्याटी, टेक्सासमा छोटो अवधिकालाई लिइएको एक भाडाको घरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

शेरिफ एड गोन्जालेजका अनुसार बिहान करिब २ बजे एउटा छटो अवधिकालागी भाडामा लिइएको घरमा गोलीबारी भएको थियो जसमा अधिकांश २० वर्षका करिब २० जना व्यक्तिहरू थिए। उनका अनुसार घरभित्र एक पुरुष र एक महिला मृत फेला परेका थिए । गोली लागेर घाइते भएका थप दुई जनालाई अस्पताल भर्ना गरिएको भएपनि उनीहरुको अवस्था भने खुलाइएको छैन ।

गोन्जालेजका अनुसन्धानकर्ताहरूले गोली हान्ने कति शूटरहरू संलग्न थिए र के कारणले घटना भयो भनेर पत्ता लगाउन प्रयास गरिरहेका छन्। उनले गोली हानाहान हुनुअघि जबरजस्ती प्रवेश गरेको र कुनै संकास्पद घटनाबारेको पूर्व जानकारी नभएको बताए ।

गोन्जालेजले पत्रकार सम्मेलनमा भने, “यो घटना भित्रभित्रै कुनै प्रकारको झगडा वा विवादले भयो कि भनेर हामीलाई थाहा छैन।”

उनले घर अनलाइन प्लेटफर्म मार्फत भाडामा लिएको र मालिकले अधिकारीलाई सहयोग गरिरहेको बताए । उनले पार्टीमा रहेका जो कोहीलाई गोली हानाहान भएको जानकारी भएमा अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन ।

“यो दुखद अवस्था हो। हामीसँग तीन युवाहरू गुमाएका छौ , दुई अन्य जो आफ्नो जीवनको लागि लडिरहेका छन्, र हामीले यसको निचोडमा पुग्न आवश्यक छ”, गोन्जालेजले भने।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img