Sunday, May 18, 2025
70 F
Washington DC.

शिन्ता मणि मुस्ताङ: यसरी भयो नेशनल ज्योग्राफिकको उत्कृष्ट होटलको सूचीमा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

शिन्ता मणि मुस्ताङ: नेशनल ज्योग्राफिकको २०२४ को उत्कृष्ट होटलको सूचीमा परेको छ। भरपुर विलासिता र सुविधाले सम्पन्न यस होटलमा तपाईको बसाई, अवलोकन तथा अध्ययनले तपाईको भ्रमण एक संस्मरणलायक हुनेछ।

नेपालको तल्लो मुस्ताङ क्षेत्रको दुर्गम भूभागमा अवस्थित, शिन्तामणि मुस्ताङ एक विलासी होटल हो जसले पाहुनाहरूलाई अनुपम तथा दूर्लभ प्राकृतिक सौन्दर्यता र सांस्कृतिक परिचय प्रदान गर्दछ। नेशनल जियोग्राफिकद्वारा २०२४ को लागि उत्कृष्ट होटलको नाम दिइएको यो होटल सबैको समावेशी रिट्रीट स्थल भएको छ। यस होटलले पाहुनाहरूलाई स्थानीय गाईडहरू प्रदान गरी अचम्मका पहाड र मरुभूमि जस्तै देखिने परिदृश्यहरूको अनुकूलित भ्रमणमा लैजान्छन्।

विभिन्न जानकारी तथा अवुभव बटुल्न चाहने अतिथिहरूले आफ्नो रूची छनौट गर्न सक्छन्, जस्तै प्राचीन बौद्ध मठहरूको अवलोकन, साइकल चलाउने, पवित्र डुम्बा तालको पदयात्रा, वा ऐतिहासिक पर्खालले घेरिएको लो मान्थाङ सहरको अवलोकन गर्ने। बाटोमा, उनीहरूले शताब्दीयौंदेखि आफ्नो तिब्बती सम्पदा र परम्परालाई जोगाउँदै आएका मुस्ताङ जनताको समृद्ध र विविध संस्कृति देख्न सक्छन्।

यो होटल आफैंमा वास्तुकला र डिजाइनको उत्कृष्ट नमूना मानिन्छ।भौगोलिक, सांस्कृतिक र प्राकृतिक परिवेशसँग मिलाएर बनाइएका यी कलात्मक सिर्जनाले स्थानीय सौन्दर्यलाई प्रतिबिम्बित गर्दछ। स्थानीय बाग्लुङको ढुङ्गा र सिसाले निर्माण गरिएका होटलका विभिन्न भवनहरूले परम्परागत नेपाली घरहरूको आधुनिकता झल्काउछ। अतिथि कोठाहरू प्रशस्त र आरामदायी हुनुका साथै यसमा बाघ मोटिफका गलैंचाहरू, प्राचीन वस्तुहरू, र हिमालयका मनोरम दृश्यहरू छन्। होटलमा ६० सिटको नीलगिरी रेस्टुरेन्ट पनि छ, जहाँ पाहुनाहरूले स्थानीय खेतीबाट उत्पादित सामग्रीहरूबाट बनाइएका अर्गानिक र स्वादिष्ट परिकारहरूको स्वाद लिन सक्छन्। केही विशेषताहरूमा हिमालयन याक मम, तिब्बती थुक्पा (मासु र चाउचाउ सूप), र मुस्ताङ एप्पल पाई समावेश छन्।

शिन्ता मणि मुस्ताङ एउटा होटेल मात्र होइन, यो एउटा गन्तव्य हो जसले पाहुनाहरूलाई संसारको सबैभन्दा मनमोहक र एकान्त क्षेत्रको सौन्दर्य, संस्कृति र साहसिक यात्राको अनुभव प्रदान गर्दछ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र...

अन्य समाचार

- Advertisement -spot_img