spot_img
Friday, May 17, 2024
61.5 F
Washington DC.
spot_img

नमच्चिने पिंगको सय झटका- ईन्जाको जापान कन्फरेन्स हांसोको बिषय

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सून्य सदस्य संख्या भएको “नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल-ईन्जा”ले छैठौं इन्जा डे टोकियो, जापानमा फेरवरी २८-मार्च १ सम्म मनाउने भएको छ। स्मरणरहोस, यो संस्था हाल सम्म तदर्थ छ र हालसम्म साधारणसभा समेत भएको छैन।

अन्तर्राष्ट्रिय संस्था नाम दिइ अमेरिकामा दर्ता गरिएको यस संस्थाको मुख्यालय यसैका अध्यक्षको निजी निवासमा रहेको छ। संस्थामा कुर्शीमोहका कारण पदहरू बांडफांड गरिएकाले अन्तर्राष्ट्रिय संस्था हांक्न सक्ने अनुभवी पदाधिकारीहरू छैनन र भएका सवै निस्क्रिय छन ।

संस्थाले सुरूवाती समयमा विशेष कार्यक्रमकालागि भनि उठाएको चन्दा रकमबाट ति कार्यक्रमहरू नगरी आफुखुशी खर्च गरिएको र यसका सवै आर्थिक गतिविधिहरू पारदर्शी नभएको सर्वत्र चर्चा छ। ईन्जाले यसबारे हालसम्म स्पष्ट पार्न सकेको छैन।

संस्थाको वेबसाइट समेत पारदर्शी छैन। यस वेवसाइटमा डोनेशनको लिंक राखिएको छ र अन्य पेजहरू- सदस्यहरूको विवरण, विधान लगायत खाली छन र हिसाव किताव त परैको कुरो भयो।

बर्षमा २-४ हजार डलर बरावरको पुरस्कार वितरण गरेर बर्षकै उपलव्धि भएको भन्दै चर्चा बटुल्न पल्केका २-३ जना पदाधिकारीहरू बर्षको एकपटक क्यामेरामा अनुहार देखाउन झुल्किने गर्छन। पर्चाकारितामा विश्वास गर्ने यसका अध्यक्ष सामाजिक संजाल- टिकटक र फेसवुक लाइभ मार्मत समाचार वाचन गर्दै आएका छन।

अन्तर्राष्ट्रिय संस्था हांक्न आवस्यक अनुभव नै नभएका र सून्य सदस्य संख्या लिएर अपारदर्शी संस्था ईन्जाका अध्यक्षको टोकियो भ्रमण फलत “नमच्चिने पिंगको सय झटका“ का रूपमा लिइएको छ र नेपालका पत्रकारहरूमाझ यतिबेला हांसोको विषय बनेको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img