spot_img
Thursday, May 2, 2024
85 F
Washington DC.
spot_img

“विगतमाथि आलेख” बारे मेरा केही धारणा

सम्बन्धित समाचार

“विगतमाथि आलेख” नामक यो सङ्ग्रह पूर्व न्या्याधिस मोहनमणि दाहालद्वारा लिखित संस्मरणात्मक लेख सङ्ग्रह हो। उहाँ आदरणीय मान्यजन मेरा फुपाजु माोहनमणि दाहाल हुनुहुन्छ । उहाँको जन्म १९९४ फागुन २४ गते सङ्खुवासभा जिल्लाको मादीमा एक सम्पन्न परिवारमा भएको थियो । मादी, बिराटनगर, हुँदै हाल उहाँ विगत ३० वर्ष देखि कौशलटार भक्तपुरमा बसोबास गर्नुहुन्छ ।

उहां बुबा हरिप्रसाद र आमा देवप्रिया दाहालका कान्छा छोरा हुनुहुन्छ । उहाँको बिबाह भोजपुर जिल्ला दिङ्ला साङ्‌राङ्‌मा बसोवास गर्नुहुने स्व।आमा सत्यभामा र बुबा काशीनाथ अधिकारीका दुईवटा सन्तान जेठा टुकराज र कान्छा माधब अधिकारी विच जन्मनु भएकी रुक्मिणी अधिकारीसँग २०१३ साल असार ११ गते भएको थियो । रुक्मिणी मुनिको एकजना भाइ उहाँ मेरो बुबा उद्ववप्रससद अधिकारी हुनुहुन्छ ।

मैंले सोच्थेँ विद्वान् साहित्यकार तथा भाषावैज्ञानिक डा। बल्लभमणि दाहालका भाइ साधारण न्यायाधीश कर्मचारीको पदमा रहेर सरकारको कार्यभार सम्हालेका ‌नातामा मेरा फुपाजु भए पनि म सजिलो साइनोमा दिदी भिनाजु भन्न रुचाउँछु र यसै भनेर सम्बाेधन गर्छु । यसरी नै मैले भिनाजुलाई चिन्ने मौका पाएँ । म सानै ८-९ वर्षको उमेरमा दिदीका पछि लागेर भिनाजु जन्मनु भएको घरमा पनि पुगेकी छु । ठुल्ठुला सेतो कमेरोले पोतेका र टल्कने घर हुन्थे । घरको छानामाथि सेतो कलरमा त्रिशूल बनाइएको हुन्थ्यो । सबै किसिमका फलफूल लगायत उखुको खेती प्रशस्त मात्रामा हुन्थ्यो । असाध्यै मिठो पाथी आकारमा बनाइने सखरका डल्ला रुक्मणी दिदी माइतमा आउँदा ढाकरमा कामदारहरुलाई बोकाएर सख्खरको कोसेली र चोयाले बुनेको फिपीमा मिठो मसिनो खानेकुरा ल्याएर हामी सबै केटाकेटीलाई बाड्नुहुन्थ्यो, उसबेला हामी सबै रमाएर चारकुने आगनमा उफ्रिदै फुपू दिदी आउनुभयो भन्दै खुसी
हुन्थ्यौं ।

दिदी ‌भिनाजु बिराटनगरको शङ्‌करपुर घरमा बस्नु हुदाँ भिनाजुको आमा स्वर्गीय वेदप्रिया दाहालका साथमा म तीन महिनासम्म उहाँको सङ्‌गत गरेर बस्ने अवसर मिल्यो । उहाँकी माता असाध्यै मेहनती आफ्नो काम आफैँ गर्ने हुनुहुन्थ्यो। एकछिन पनि खालि हात बस्नु हुन्नथ्यो पौरखी हुनुहुन्थ्यो । लेखकका दाजु ।डा। बल्लभमणि‌ दाहाल र भाउजू डा ।शुभद्रा ‌ लिम्बू दम्पतीसँग मेरो ‌विराटनगरमा नै भेट भयो । उहाँको भाउजू निकै स्टान्डर्ड हुनुहुन्थ्यो। जस्तातस्ता सँग बोल्ने फुर्सद ननिस्कने हुँदा नमस्कार मात्र गर्न भ्याएँ । बोली कस्तो थियो? समयले ‌मलाई उहाँको बोली सुन्ने मौँका दिएन । तर भिनाजुको दाजु भाषावैज्ञानिक डा। बल्लभमणि दाहाल भने साधारण होचो पनि हैन अग्लो पनि हैन , ठिक्कको नहाँसी बोल्न नजान्ने मान्छे आँखामा हाल्दा पनि नबिझाउने असल स्वभावको हुनुहुन्थ्यो । मिठो बोलिबचन सुन्ने मौका मिल्यो । विद्वान् साहित्यकार तथा भाषावैज्ञानिक डा। बल्लभमणि दाहालको दर्शन गर्ने मौका त्यहीँ पाएँ । भिनाजु मोहनमणि दाहाल र दिदी रुक्मिणीका सन्तानहरु चारजना हुन् । मुकुलमणि- शुसीला,सुनिलमणि -सुषमा, योगेन्द्रमणि – अञ्जुसहित तिन छोरा र बुहारी तथा एक छोरी सुनिता र ज्वाइँ निकुञ्ज तिवारी तथा पाँचजना नाति र तीनवटी नातिनीका धनी हुनुहुन्छ ।

१९९४ फागुनको २४ गते जन्मिएर २०७९ साल फागुनमा नै ‌ जीवनभरका आफ्ना भोगाइका अनुभव बटुल्दै ८५ वर्ष कटेपछि यस्तो गहन विषयमाथि लेखिएको विगतमाथिको आलेख वा संस्मरणात्मक सङ्ग्रह पढ्ने अवसर सबै पाठकवर्गहरूले पायौँ । पुस्तक पढेपछि म ता तीन छक्क परेँ । लेखकले जीवनमा ठुलो योगदान गर्नुभएको रहेछ । गरिब निमुखा मेहनती, इमान्दार , सोझा सिधा जनताका लागि आफ्नो जिउज्यान अर्पेर सङ्घर्षमा एकरति पनि नडगमगाई निडरताका साथ न्यायाधीशको पद समाल्दै ब्यहोरा सकिएको सिडिओ लाई गालामा चड्कन लगाएर आफ्नो न्यायाधीश पद बचाउँदै पीडित शाेषित जनता जनार्दनबाट स्याबासी पाउनु भएको लेखलाई पढ्न पाउँदा लेखकज्यूप्रति हार्दिक आभारसहित नमन गरेँ । “नमिता – सुनीता काण्ड ओझेलमा पर्यो” यो मार्मिक यथार्थ सत्य लेख छ , यति छोटो लेखमा यसका विशेषता लेखेर । सकिन्न यो आलेख पढ्नै पर्छ । त्यसबेलाको पञ्चायती व्यवस्था कस्तो थियो ? भन्दा दर्दनाक निर्दोष असहाय आँसुको भेल बर्बरताको शिकार हुनुपरेको थियो जनताले । दोष जति अरुलाई थाेपरेर मान सम्मान बाठा टाठाले आफू पाउने गर्थे ।तर त्यो सैह्य हुँदैनथ्यो लेखकज्यूलाई र नजानिँदो पाराले जनताका पक्षमा न्याय दिलाउने काम गरेर कतिपय अपराधीहरूको भण्डाफोर गर्नुभएको रहेछ । यसका लागि सलाम छ आलेखका लेखकलाई ।

सुरुदेखि नै उहाँ पञ्चायती शासन व्यवस्थाका कट्टर विरोधी व्यक्ति र वामपन्थी विचारधाराका कट्टर समर्थक हुनुहुँदोरहेछ। लेखकले धेरै ठाउँमा कर्मचारी भई राष्ट्रसेवा गर्नुभएको भनेर यही आलेख पढेपछि थाहा भयो ।

सुरुमा ट्युसन , धनकुटाको मारेक कटहरे हाइस्कूलको प्र।अ, हिमालय मा। वि खाँदबारीमा प्र अ, त्यसपछि उहाँले चैनपुरको सरस्वती रात्री पाठशालामा प्र अ भएर काम गर्नुभयो । केही समय मादीको हाइस्कुलमा पनि पढाउनु भएको रहेछ । २०२९ सालदेखि सर्वोच्च अदालतमा शाखा अधिकृत, जाजरकोट, सुनसरी, गुल्मी, रौतहट, सोलुखुम्बु लगायत थुप्रै जिल्लामा रही न्यायाधीश पद समाल्दै जनताको सेवामा समर्पित हुँदै, दाङमा अञ्चल न्यायाधीश, महान्यायाधिवक्ता न्यायसेवा तालिम केन्द्रको प्रमुख, कानून सुधार आयोगको सदस्य- सचिव, केही समयपछि कामु अध्यक्ष लगभग तीन दशक नेपाल सरकारको न्यायसेवा छेत्रमा कार्यरत रही हाल सेवानिवृत्त भई ,‌अहिले कौशलटार भक्तपुरमा बसोबास गर्नुहुन्छ । त्यस बेलाको ‌परिस्थिति शासकको बर्बरता अन्याय अत्याचार पञ्चायती व्यवस्थाकाे शासनकालमा भोगिएका, भोगाइएका सत्य कुराको अनुभव सँगालेर हामी पाठकसमक्ष पस्किनु भएको छ।
बधाई छ भिनाजु हजुरलाई । यो पुस्तक पढ्न पाउँदा हजुरप्रति कृतज्ञ छु । सुस्वास्थ्य दीर्घायु आरोग्यमय जीवनका लागि भिनाजु हजुरलाई मंगलमय शुभ-कामना व्यक्त गर्दछु । फेरि पनि अर्को नयाँ कृति चाँडै निस्कियोस् भन्दै । यहीँबाट बिदा लिएँ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img