spot_img
Saturday, May 11, 2024
64.8 F
Washington DC.
spot_img

स्विडेन नेटोमा प्रवेश

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

स्विडेन हिजो मार्च ७ बिहीबार औपचारिक रूपमा उत्तरी एटलान्टिक सैन्य गठबन्धनको ३२ औ सदस्यको रूपमा नेटोमा प्रवेश गरेको छ। यससँगै दोस्रो विश्वयुद्धदेखिको सैन्य तटस्थता पनि स्विडेनले त्याग गरेको छ।

सन् २०२२ मा रसियाले युक्रेनमा आक्रमण गरेपछि युरोपका देशहरूमा राष्ट्र सुरक्षा चिन्ताहरू  धेरै नै बढेर गएको छ। जसको परिणाम स्वरूप असंलग्न रहँदै आएका नोर्डिक देशहरू समेत नेटोमा समाहित हुन थालेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटोमा प्रवेश गरेकोमा स्विडेनलाई बधाई दिँदै युक्रेनमा रुसी राष्ट्रपति ब्लादिमिर पुटिनको आक्रमणले नेटो गठबन्धन विभाजित हुनुको साटो झन् एकतामय भएको बताएका छन्।

“जब राष्ट्रपति पुटिनले युक्रेनमा आक्रमण गरे, उनले युरोपलाई कमजोर र नेटोलाई विभाजित गर्ने सोचेका थिए”, बाइडेनले विज्ञप्तिमा भनेका छन्।  “ मे २०२२ मा स्विडेन र फिनल्यान्डले पूर्ण नेटो सदस्यको लागि आवेदन दिनु र आज स्विडेन नेटो सदस्य भएपछि नेटो एकजुट, दृढ र गतिशील भएर उभिएको छ”, बाइडेनले भने।

अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार साँझ अमेरिकन संसदमा स्टेट अफ द युनियनको सम्बोधन गर्दा स्विडेनी प्रधानमन्त्री उल्फ क्रिस्टर्सन अतिथिको रूपमा उपस्थित थिए।

यस अघि बिहीबार स्विडेनका राष्ट्रपति क्रिस्टर्सन र अमेरिकी राज्य मामिलाका मन्त्री एन्टोनी ब्लिन्केनले एक समारोह बिच स्विडेनको नेटो प्रवेश सम्बन्धी सम्झौताको कानुनी कागजात अमेरिकी सरकारको राज्य मामिला विभागमा संयुक्त रूपमा पेस गरेका थिए।

समारोहमा अमेरिकी राज्य मन्त्री एन्टोनी ब्लिन्केनले भने “यो स्विडेनको लागि ऐतिहासिक क्षण हो। साथै नेटो गठबन्धनको  र उत्तरी एटलान्टिक सम्बन्धको लागि पनि यो ऐतिहासिक समय हो। हाम्रो नेटो गठबन्धन अहिले धेरै बलियो भएको छ र पहिले भन्दा ठुलो पनि भएको छ” ।

समारोहमा बोल्दै स्विडेनका राष्ट्रपति क्रिस्टर्सनले यो दिन वास्तवमा ऐतिहासिक दिन भएको र हामी एकजुट भएका छौँ भनेका थिए। राष्ट्रपति क्रिस्टर्सनले भने- “आजको दिन धेरै नै महत्त्वपूर्ण दिन हो। नेटो सदस्यहरूले हामीबाट गरेका अपेक्षामा हामी पूर्ण रूपले सफल हुनेछौँ। एकता र एक आपसको सहयोग नै अब आउने दिनहरूको मार्गदर्शक हुनेछ”।

नेटोका महासचिव जेन् स्टोलटनर्गले पनि यस दिनलाई ऐतिहासिक दिन भनेका छन्।

सोमबार नेटोको मुख्यालय ब्रसेल्समा स्विडेनको झन्डा फहराइनेछ। नेटो महासचिव स्टोलटनर्गले नेटो सन्धिको अनुच्छेद ५ अनुसार अबदेखि स्विडेनले आफ्ना सदस्य देशहरूले पाउँदै आएको स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी पाउने कुरामा जोड दिए।

नेटोको सन्धिको अनुच्छेद ५ अनुसार कुनै पनि आफ्नो सदस्य देशलाई सुरक्षाको खतरा परेमा सबै सदस्य देशहरू त्यसको सुरक्षाको सहयोगको लागि आउन बाध्य हुन्छन्। २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतङ्ककारी आक्रमणपछि यो अनुच्छेद ५ एक पटक मात्र अमेरिकाले सक्रिय बनाएको थियो। रुसले युक्रेनमा आक्रमण गरेपछि स्विडेनले आफ्नो देशको सुरक्षा ग्यारेन्टी खोजेको थियो।

“स्विडेन नेटोमा प्रवेश हुँदा नेटो बलियो हुनुका साथै स्विडेनले आफूलाई सुरक्षित बनाउँछ। नेटो महासचिव स्टोलटनर्गले भने । “स्विडेनको यस कदमले हरेक देशहरूलाई नेटोको ढोका सबैका लागि सधैँ खुला रहन्छ र हरेक राष्ट्रलाई आफ्नो बाटो रोज्न अधिकार रहेको छ”, उनले थपे।

२०२२ मा रसियाले युक्रेनमाथि आक्रमण गरे लगत्तै स्विडेन र फिनल्यान्डले आफ्नो विश्वयुद्धपछिको लामो सैन्य तटस्थता भङ्ग गर्दै नेटोमा प्रवेश गरेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसद्को सम्बोधनमा अमेरिकाले युक्रेनलाई  सहयोग गर्नलाई आवश्यक रहेकोले  सैन्य सहायता स्वीकृति गर्न रिपब्लिकन पार्टीका संसदहरुलाई पनि आग्रह गरेका थिए।

नेटोको सदस्य राष्ट्र टर्की र हंगेरीको आपत्तिका कारण स्विडेनको सदस्यता रोकिएको थियो। टर्कीले आतङ्कवादीको रूपमा मान्ने कुर्दिस समूहहरूलाई स्विडेनले पर्याप्त कारबाही नगरिरहेको आरोप लगाउँदै आएको थियो। यसका साथै हंगेरीका राष्ट्रपति भिक्टर अर्बनले रुसी भावनाको समर्थन गर्दै युक्रेनलाई नेटो सैन्य गठबन्धनमा सहभागी गराउन अन्य नेटो सदस्यले जस्तै  गरी सङ्कल्प गर्न मानेका थिएनन्।  महिनौँको पर्खाएपछि टर्कीले यस वर्षको सुरुवातमा स्विडेनको नेटो प्रवेशलाई अनुमोदन गर्‍यो भने हंगरीको सरकारले पनि यसै हप्ता मात्रै अनुमोदन गरेको थियो। यस लगत्तै स्विडेन नेटोमा प्रवेश गर्ने प्रक्रियाले पूर्णता पाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img