spot_img
Sunday, May 12, 2024
49.2 F
Washington DC.
spot_img

बाइडेनको शक्तिशाली सम्बोधन- अमेरिकालाई बाहिर र भित्र दुवै शक्तिबाट लोकतन्त्रको रक्षा गर्न आह्वान

"मेरो जीवनकालले मलाई स्वतन्त्रता, प्रजातन्त्र र अमेरिकालाई परिभाषित गरेको मूल मूल्यमान्यतामा आधारित भविष्यलाई अँगाल्न सिकाएको छ. "- अमेरिकी राष्ट्रपति जो बाइडेन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एक शक्तिशाली स्टेट अफ द युनियन सम्बोधनमा, अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्यमा लोकतन्त्रको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । ८१ वर्षीय राष्ट्रपतिले बिहीबार साँझ वासिङ्टनमा स्टेट अफ द युनियनलाई सम्बोधन गरेका थिए।

“लोकतन्त्रको रक्षा हुनैपर्छ,” बाइडेनले राष्ट्रको लोकतान्त्रिक सिद्धान्तलाई कमजोर पार्न खोज्नेहरू विरुद्ध कडा प्रहार गरेका थिए । उनले आफ्नो पूर्ववर्ती र जनवरी ६ , २०२१ को घटना जहा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी क्यापिटलमा आक्रमण गरेका थिए, का बारेमा चर्चा गर्दै लोकतन्त्रको रक्षा हुने पर्ने बताएका हुन् ।

बाइडेनले त्यो दिन वाशिंगटनमा शान्तिपूर्ण स्थानान्तरण रोक्न र जनताको इच्छालाई उल्टाउने उद्देश्यका साथ अमेरिकी क्यापिटलमा आक्रमणको घटनाको आलोचना गर्दै “उनीहरू देशभक्त थिएनन्,” उनले स्पष्ट रूपमा भने। उनले अमेरिकी गृहयुद्धपछिको प्रजातन्त्रका लागि सबैभन्दा ठूलो खतराको रूपमा चुनावी नतिजालाई उल्ट्याउनको षड्यन्त्रलाई वर्णन गरे।

“मेरो जीवनकालले मलाई स्वतन्त्रता, प्रजातन्त्र र अमेरिकालाई परिभाषित गरेको मूल मूल्यमान्यतामा आधारित भविष्यलाई अँगाल्न सिकाएको छ. “- अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्बोधनमा बताए ।

यी चुनौतीहरूको बावजुद, बाइडेनले अमेरिका बलियो रहेको र प्रजातन्त्र विजयी भएको बताए । उनले ट्रम्पको नाम उल्लेख नगरेपनि उनलाई आफ्नो पूर्ववर्ती भनेर सम्बोधन गरेका थिए ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडेन र ट्रम्पले आ-आफ्नो पार्टीका मनोनित उम्मेद्वारको रूपमा फेरि एकअर्काको विरुद्धमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

बाइडेनको भाषण अघि, ट्रम्पले वर्तमान राष्ट्रपतिको कडा आलोचना गर्दै एक बिज्ञप्ति जारी गरेका थिए । बिज्ञप्तिमा उनले बाइडेन र उनको पार्टीले अमेरिकामा गरेको “भयानक विनाश” को रूपमा वर्णन गर्दै जिम्मेवारीबाट बच्न “पागल जस्तै झूटो” बोलेको आरोप लगाउदै यसलाई “डरलाग्दो शो” भनेका थिए ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img