Friday, March 6, 2026
54.4 F
Washington DC.

मिस वर्ल्ड २०२४को ताज चेक रिपब्लिककी क्रिस्टिना पिज्कोभालाई

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चेक रिपब्लिककी क्रिस्टिना पिज्कोभा यस वर्षको बिश्व सुन्दरीको ताज जित्न सफल भएकी छिन्। मुम्बईमा सम्पन्न भव्य समारोहमा उनले विश्वभरका १११ प्रतियोगीहरुलाई पछि पार्दै यो उपाधि हासिल गरेकी हुन्। प्रतियोगितामा उनले सौन्दर्य, प्रतिभा, र सार्वजनिक भाषणमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

पिज्कोभाले विशेष गरी महिलाको स्वास्थ्य हेरचाहलाई असर गर्ने मुद्दामा प्रकाश पार्ने प्रश्नोत्तर चरणमा उत्कृष्ट जवाफ दिएकी थिइन्। उनले महिनावारीको वरिपरिको कलंक र लाज हटाउने बारेमा बोल्दै “महिला हुनु भनेको उपहार हो र महिनावारी हुनु पर्छ। यो निषेधको विषय होइन” भन्ने उत्तर दिएर सबैको मन जितेकी थिइन्।

अन्तिम चरणमा पुगेका चार अन्तिम प्रतियोगीहरु अफ्रिका, अमेरिका र क्यारिबियन, एशिया र ओशिनिया र युरोपको प्रतिनिधित्व गरेका थिए। बिश्व सुन्दरी अर्थात् मिस वर्ल्डलाई सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको रूपमा हेरिन्छ र यसको पहिलो आयोजना १९५१ मा बेलायतमा गरिएको थियो। यस प्रतियोगितामा ऐश्वर्या राय बच्चन र प्रियंका चोपडा जस्ता विश्व प्रसिद्ध हस्तीहरु पनि बिजेता भएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img