Monday, May 19, 2025
76.3 F
Washington DC.

विक्रम कोठारी: भारतीय प्रख्यात पानपरागका छोरा जसको भारू. ३,६९५ करोडको घोटाला काण्ड

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रत्येक व्यवसायीले आफ्नो जिम्मेवारी र नैतिकतामा विश्वास राख्नुपर्छ, किनभने छोटो समयको फाइदा लिने चाहानाले दीर्घकालमा नोक्सानी र बदनामी हुन सक्छ। हो, यसैको सेरोफेरोमा एक घटनालाई हामी प्रस्तुत गर्दैछौ ।


भारतीय उद्योग जगतको एक चर्चित नाम विक्रम कोठारी, जसले रोटम्याक ग्लोबल प्रा. लि. को स्थापना गरेर आफ्नो व्यवसायिक यात्रा सुरु गरेका थिए, तर पछि एउटा ठूलो वित्तीय घोटालाको नाइके हुन पुगे। पानपराग जस्तो प्रख्यात ब्रान्डका संस्थापक मनसुखलाल महादेव भाई कोठारीका छोरा विक्रमले आफ्नो व्यवसायिक जीवनमा थुप्रै उचाइहरू चुमे तर अन्ततः विवाद र बदनामीमा नराम्ररी मुछिए।

पारिवारिक पृष्ठभूमि र व्यवसायिक यात्रा

१९९२ मा रोटम्याक पेनको स्थापना गरेर विक्रम कोठारीले आफ्नो अलग पहिचान बनाउन थाले। पानपरागबाट घरेलु विभाजन पश्चात अलग भएपछि, विक्रमले लेखन सामग्री उत्पादनमा केन्द्रित रोटम्याकलाई अघि बढाए। रोटम्याक पेनको सफलताले उनलाई भारतीय बजारमा प्रसिद्ध बनायो।

घोटालाको सुरुवात

सन् २००८ देखि २०१३ सम्म, रोटम्याक ग्लोबल प्रा. लि. ले विभिन्न बैंकहरूबाट कृषि उत्पादनको निर्यातका लागि ठूलो मात्रामा ऋण लिएको थियो। बैंक अफ बरोडा, इन्डियन ओभरसिज बैंक, र युनियन बैंक अफ इन्डिया जस्ता प्रतिष्ठित संस्थाहरूले यो ऋण प्रवाह गरेका थिए।

तर, यो रकम निर्यातका लागि प्रयोग नभई कम्पनीका अफशोर/डमी कम्पनीहरूमा डाइभर्ट गरिएको पत्ता लाग्यो। विदेशी क्रेडिट पत्र (FLCs) को माध्यमबाट रकम दुरूपयोग गरिएको थियो।

कार्यप्रणाली र ठगीका तरिका

छानविन संस्थाहरूको रिपोर्ट अनुशार विक्रम कोठारीले विभिन्न तरिकाबाट बैंकहरूलाई ठगे:

१. नक्कली विदेशी कारोबार: क्रेडिट पत्रमार्फत दुबई, शारजाह, र हङकङका नक्कली एजेन्सी/संस्थाहरूसंग कारोबार गरेको देखाइएको।

२. राउन्ड-ट्रिपिङ: ऋणको पैसा अफशोर खातामा पठाई पुनः रोटम्याकमा फिर्ता गरिएको।

३. कागजातको दुरुपयोग: अपूर्ण कागजात र नक्कली बिल अफ लाडिङ प्रस्तुत गरेर पैसा आर्जन गरेको ।

आर्थिक असर र कानूनी कदम

यो ठगीका कारण बैंकहरूलाई भारू. ३,६९५ करोड (करिब $४५० मिलियन अमेरिकी डलर) को घाटा भयो। घोटालाको अनुसन्धानपछि केन्द्रीय अनुसन्धान ब्यूरो (CBI) र प्रवर्तन निर्देशनालय (ED) ले विक्रम कोठारीलाई पक्राउ गरे।

विक्रम कोठारीको अन्तिम समय

२०२२ को जनवरी ४ मा ७२ वर्षको उमेरमा विक्रम कोठारीको हृदयघातका कारण निधन भयो। उनी जेलमा बिताएका दुई वर्षपछि स्वास्थ्य अवस्थाका कारण जमानतमा थिए।

विक्रम कोठारीको जीवन एक सफल उद्यमीको रूपमा सुरु भएर ठूलो घोटालामा परिणत भएको थियो। अहिले पनि CBI, ED, र आयकर विभागले अनुसन्धान जारी राखेका छन्। भारतको वित्तीय प्रणालीमा देखिएको एक गम्भीर लुपहोलकारूपमा यस घटनालाई हेरिन्छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img