spot_img
Wednesday, December 4, 2024
28.6 F
Washington DC.
spot_img

आयुषले आमालाई लगाएका गम्भीर आरोप, सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

टिकटकमा करोडौं कमाएर सफलता पाएका आयुष सिंह ठकुरीले आफ्नी आमाविरुद्ध गम्भीर आरोप लगाएका छन्। हिजो राति आयुषले टिकटकको लाइभ सन्देश मार्फत आफ्नी आमाका बारेमा बोल्दै विभिन्न आरोप लगाएका थिए, जसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया सिर्जना गरेको छ।

आयुषका अनुसार उनकी आमा बाल्यकालमा उनलाई ठीकसँग हेरचाह नगरी अर्कै पुरुषसँग गएकी थिइन्। उनले भने, “आमाले मलाई टुहुरो हुँदा नै छोडेर अर्को पुरुषसँग गएकी र मलाई एक्लै छोडिन।” आयुषका अनुशार उनकी आमाको अर्को परिवार रहेको र सन्तानसमेत रहेको आरोप छ। उनी भन्छन– “मेरो लागी आमा भनेको मेरो हजुरआमा हो ।”

तर, उनकी आमाले आयुषका आरोपहरूलाई अस्वीकार गर्दै आफ्नो तर्फबाट भनेकी छन्, “तिमीलाई जन्म दिएको मैले दुःख भोगेर पालेको हुँ। ६ महिनाको टुहुरो हुँदा तिमीलाई काखमा च्यापेर काठमाडौं ल्याएर पढाएको हुँ। मैले दुबईमा काम गरेर तिमीलाई पाले। त्यसो भए तिमी मलाई यस्तो आरोप लगाउँछौ भने म के भन्न सक्छु?” उनले थपिन्, “तिमीले भनेझैं म अरूसँग गए भने पनि, तिमीलाई जन्म दिने आमा हुँ, कृपया मलाई नराम्रो नभन।”

केहि वर्ष अगाडि सम्म भने आमा-छोरा बीचको सम्बन्ध निकै आत्मिय थियो। आयुषले एक भिडियो पोस्ट गर्दै भनेका थिए, “मेरी आमा महान छन्, उनले पुरै परिवारको लागि गरेको योगदानको चर्चा गर्दै मैले उनलाई सम्मान गर्छु।” तर पछिल्लो दुई वर्षदेखि आमा-छोरा बीचको सम्बन्धमा चिसो र तनावको स्थिति आएको थियो। यस विषयमा आयुषका फलोवर्स बीचको चर्चा चुलिएको छ, जसले सोधिरहेका छन् कि आखिर के कारण यो आत्मिय सम्बन्ध तनावपूर्ण भयो?

यस घटनासँगै सामाजिक सञ्जालमा विभिन्न प्रकारका प्रतिक्रिया आएका छन्। एक प्रतिक्रिया दिने व्यक्तिले भनेका छन्, “यो बाबु त ज्ञानि लाग्थ्यो तर कस्तो मुर्ख रहेछ! तिम्रो आमा जे होस, तिमीलाई अहिले यो संसार देखाउने को हो? तिमीलाई जन्म दिएको एलिजे हो?? एउटा एक्लो महिला यो समाजसँग कत्ति संघर्ष गर्यो होला? तिमीले आफ्नो आमाको चरित्रलाई सामाजिक सञ्जालमा लिएर आउनु तिमी कति बुद्धिमानी छौ भन्ने प्रमाण हो। ठीक छ, तिम्रो आमामा कमजोरी होला। तिमीले बसेर कुरा गर्न सक्थ्यौं। हामिले चिन्ता नलिने हो, तर तिमीले आफ्नो आमाको चरित्रमा औंला किन उठाएको? सामाजिक सञ्जालमा?? तिमी आमालाई नबुझ्ने छोरोले समाजमा के गर्छ? यो सबै देखावट हो। तिमीले टिकटकमा नाचे जस्तो, तिम्रो आमालाई जिउन त्यति सजिलो थिएन पक्कै। तिमी आमा संगै कुरा गर, यहाँ सामाजिक सञ्जालमा होइन। एउटी महिलाको चरित्रको बखान नगर, सबै नेपाली महिलाहरुको चरित्रको कुरा आउँछ। यसै त, यस्तै तिम्रो जस्तो सोच राख्ने समाजमा महिला माथि कैयौं गलत लान्छना लगाएर महिलाले आत्महत्यासम्म गर्न बाध्य हुन्छन्। तिमी तिम्रो जिन्दगी बाँच, तर जन्मदिने आमालाई पनि शान्ति र सुख दिने तिम्रो कर्तव्य हो। चाहे तिम्रो आमाले दोस्रो विवाह नै गरकी किन नहोस।”

दोस्रो व्यक्तिले भनेका छन्, “टिकटक लाइभमा भुलेर रमाउन सिकेका मान्छे जिन्दगीलाई नि रील जस्तो सम्झेछन्। अझै बुद्धि पलाएको छैन। आमाले पराइ हुँदा पनि गरेको सेवा, सुविधा, माया सबै भुलेछन् सञ्चार माध्यमको रंगीन दुनियाँमा भुलेर। भलै आमा तिमीसँग नहुदा पनि यति सम्म गर्नु भएको रहेछ। आफ्नो आमाको मिडियामा कसले रमिता बनाउछ? जे होस् त्यो कुरा आमा-छोरा र परिवारमै सिमित राख्नुपर्छ। पराइ हुने बित्तिकै आमाले कहिले पनि गलत सोच्दैन छोराछोरीको बारेमा। पराइ हुने धेरै कारण वा बाध्यता हुन्छन्। कमसेकम आफैंलाई जन्म दिने आमाको सम्मान गर्न सक्दैनौं भने मिडियामा बेइज्जत नगर।”

अर्को एक प्रतिक्रिया दिने व्यक्तिले भनेका छन्, “डिजिटल भिखारी! आमाको बलिदानले पाएको जीवन, भिख मागेर कमाएको सम्पत्ति देखेर बिर्सेछ। नालायक सन्तान भनेको यस्तैलाई हो। डिजिटल भिकारी! ”

यो घटना सामजिक सञ्जालमा निकै भाइरल भएको छ र धेरैले यसलाई पारिवारिक मामिलामा सार्वजनिक हस्तक्षेपको नकारात्मक असरको रूपमा हेरिरहेका छन्। आयुषले आमाविरुद्धका आरोपहरू राख्दा पारिवारिक मर्यादामा ध्यान दिनु आवश्यक थियो भन्ने भनाइ उनका शुभचिन्तकहरूको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

नरेश भट्टमाथि ममता काफ्लेको हत्याको औपचारिक आरोप

हराइरहेकी नर्स ममता काफ्ले भट्टको प्रकरणमा सोमबार, डिसेम्बर २ मा प्रिन्स विलियम काउन्टीको ग्रान्ड जूरीले उनका श्रीमान् नरेश भट्टमाथि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img