spot_img
Tuesday, January 7, 2025
30.8 F
Washington DC.
spot_img

“फूल कुमारी”- भाग १

सम्बन्धित समाचार

काठमान्डौको मिनभवनको व्यस्त मार्गमा एउटा सानो चिया पसल थियो, जहाँ एक युवती दिनरात व्यस्त रहन्थिन्। उनलाई सबैले “चिया वालि” भनेर चिन्थे। उनको नाम फूल कुमारी थियो। जीवनका कठिनाइहरूको सामना गर्दै, उनले आफ्नो परिवारको लागि कडा मेहेनत गरिरहेकी थिइन्।

फूल कुमारीको चिया पसलमा थरि थरिका मान्छे आउँथे। कोही चियाका पारखी थिए र चिया पिउन आउँथे भने कोही उनको जवानीलाई गिद्दे दृष्टि लगाउन आउँथे। उनी सुन्दर र जवान थिइन्, तर आफ्नो व्यवहार र कर्तव्यमा फोकस र इमानदार थिइन्। उनी आफ्नो सपना पूरा गर्नको लागि कडा परिश्रम गरिरहेको थिइन्।

फूल कुमारीको जन्म एउटा गरीब परिवारमा भएको थियो। उनका बाबुआमा सधैं जीवनको साधन जुटाउन संघर्ष गरिरहन्थे। शुरुमा उनका बुवा साइकल मर्मत र रिपेयरको काम गर्थे, जसबाट परिवारको आम्दानी चल्थ्यो। तर एक दिन, उनका बुवा एक मोटर दुर्घटनामा परे र उनले खुट्टा गुमाउनुपर्‍यो। त्यस दिनबाट परिवारमा अँध्यारो कालो बादल जस्तै छायो।

तर फूल कुमारीले कहिल्यै हिम्मत हारिनन्। उनका दुई भाईहरू थिए, जसको पढाइको खर्च र परिवारको पालनपोषणका लागि उनले दिनरात काम गरिरहेकी थिइन्। मिनभवनमा एउटा सानो चिया पसल थापेर उनले संघर्ष सुरू गरिन्।

सपना पुरा गर्ने यात्रा

फूल कुमारीले विद्यालयको क्लास १२ सकिन्। त्यसपछि, कलेजको पढाइ कसरी पूरा गर्ने भन्ने चिन्ताले उनलाई दिनहुँ सताउन थाल्यो। घरको खर्च र कलेजको शुल्कको हिसाबले उनलाई थप चिन्ता दिइरहेको थियो। त्यसैले उनले आफ्नो चिया पसललाई विस्तार गर्दै, त्यसमा खाजा समेत उपलब्ध गराउन थालिन् र पसलमा निरन्तर सक्रिय हुँदै आइन।

एक दिन, जब उनी चिया र खाजा बेच्दै थिइन्, एक विदेशी पर्यटक उनको पसलमा आइपुगे। ति पर्यटकले उनलाई सोधे, “तिमी स्कूल पढने उमेरकी छ्यौ, यहाँ चिया किन बेच्दै छौ?” फूल कुमारीले मुस्कुराउदै सोधिएको प्रश्नको जवाफ दिइन्, “म पढ्न चाहन्छु, र परिवारलाई सहयोग गर्न चाहन्छु।”

फूल कुमारी आफ्ना माता-पिता र भाइहरूका साथ एउटा टिनले छाएको पानी चुहिने झुपडीमा बस्थिन्। यो झुपडी उनीहरूको घर थियो, जसको छत र पर्खालले बर्सातमा पानी चुहिन्थ्यो। त्यहि घरको एउटा कुनामा उनको चिया पसल थियो। बाबुआमा र भाइहरूको लागि जीवन धेरै कष्टकर थियो, तर फूल कुमारीले कहिल्यै हिम्मत हारिनन्।

फूल कुमारीले— पढेर आफैं कमाए पछि, आफ्नो परिवारको लागि एउटा बलियो र सुरक्षित घर बनाइ दिने, भाइहरूको पढाइमा सहयोग गर्ने र आफ्ना बाबुआमासँगै बाँकी जीवन बिताउने मन बनाइ राखेकी थिइन्।

उक्त पर्यटक चियासँगै हर्षित भएर पसल छोड्दै भने, “तपाई संघर्ष गर्द हुनुहुन्छ, यसै गरी अघि बढ्नुस्, भविष्यमा तपाईले फल पाउनु हुनेछ।” फूल कुमारीको मनमा पर्यटकको भनाईले थप बल र स्फूर्ति ल्याएको थियो।

अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने सपना

फूल कुमारीलाई पर्यटकबाट प्राप्त गरेको उत्साह र समर्थनले उनलाई थप प्रेरणा मिल्यो । उनले अमेरिकामा उच्च शिक्षा हासिल गर्ने सपना देख्न थालिन्। आफूलाई अझ राम्रो बनाउनको लागि उनले कम्प्युटर विज्ञान पढ्ने विचार गरिन्। तर अब उनको मनमा अर्को चिन्ता थियो – “कलेजको पढाइ महंगो छ, कसरी पूरा गर्ने?”

एक दिन, जब उनी आफ्नो नियमित काममा व्यस्त थिइन्, अचानक उनलाई एक इमेल प्राप्त भयो। यो इमेल अमेरिकी नागरिक टोमबाट आएको थियो, जो पांच महिना अघि पसलमा चिया र खाजा खान आएकालबेला उनीसंग बार्तालाप गरेका थिए। टोमको इमेलमा लेखिएको थियो:

“प्रिय फूल कुमारी,

म तपाईंको संघर्ष र परिश्रमको कदर गर्दछु । तपाईंलाई यो जानकार गराउन चाहन्छु कि म तपाईंलाई अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि ट्यूसन फी पूर्णरूपमा स्पोन्सर गर्न तयार छु, छिट्टै निर्णय दिनु होला।”

यो इमेल पढ्दा सुनमायाको आँखामा आँसु आए। यो अवसरले उनलाई जीवन बदल्ने मौका दिएको थियो। उनी चाँडै अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने सपना देख्न थालिन्, तर त्यो निर्णय लिनु अघि, उनले आफ्ना बाबुआमासँग र भाइहरूसँग भविष्यका बारेमा गम्भीर सोच विचार गर्न थालिन्।

उनकी आमाले भनिन, “तिमीले आफ्नो सपना पुरा गर्नुपर्छ, तिमी जाउ छोरी, हाम्रो चिन्ता नगर।”

उनका पिताले पनि त्यही सुझाव दिए।

अमेरिकामा शिक्षा र सफलताको यात्रा

फूलमायाले अन्ततः निर्णय गरिन् कि अमेरिकामा पढ्न जानु भनेको आफू र आफ्ना परिवारको लागि एउटा ठूलो अवसर हुनेछ, र उनले आफ्नो शिक्षा पूरा गर्न अमेरिका प्रस्थान गरिन।

[क्रमशः फूल कुमारीको अमेरिका आगमान र संघर्षको कथा- भाग-२ मा]

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -spot_img

ताजा समाचार

ओडारभित्रको २९ वर्षको व्यापारिक सफलता

दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । विसं...

अन्य समाचार

- Advertisement -spot_img