माथिको तस्विर सृजना र विवेकको जीवनको एउटा अमर कथाको एक अंश मात्र हो। यो जोडिका हरेक पल पलका अनेकौ फोटो र भिडियोहरू सामाजिक संजालमा प्रसस्तै पाउन सकिन्छ। यीनीहरूका ति तस्विर र भिडियोहरू मनोरन्जनकालागी भन्दा पनि चेतनावोधका लागि बढि उपयोगी देखिन्छन।
सृजनाले आफ्नो पति विवेकलाई क्यान्सरको चंगुलबाट जोगाउन नसके पनि, उनले आफ्नो निश्वार्थ प्रेमको गहिरो छाप छोडेर संसारलाई एक महान् सन्देश दिएकी छन। विवेकले यो धर्तिबाट अर्को जुनीसम्मको पत्नी सृजनाले दिएको मायां लिएर बिदा भए। सृजना र विवेकको प्रेम, त्याग, र विश्वासको यो कथा युगौंसम्म प्रेरणाको स्रोत बन्नेछ।
सृजना सावित्रीझैं, आफ्नो पति विवेकलाई यमराजका हातबाट त बचाउन सकिनन्, तर प्रेम, बलिदान र निष्ठाको दियो भने बाल्न सफल भइन। आजको समय, जहाँ विश्वासघात, लोभ, र धोखाले प्रेमलाई कमजोर बनाएको छ, सृजनाले आफ्नो निश्वार्थ प्रेमबाट संसारलाई प्रेमको साँचो अर्थ सिकाइन्।
यो सत्य हो कि विवेकले सृजनाको निःस्वार्थ प्रेमभावलाई आफ्नो अन्तिम साससम्म बोक्दै अर्को यात्रा सुरु गरे। यो प्रेम, विवेकका लागि जन्म-जन्मान्तरसम्मको कोशेली हुनेछ। उनीहरूको सम्बन्ध केवल यो जीवनमा सीमित छैन, यो प्रेम हरेक जुनी सम्म जिवन्त रहनेछ।
तर यहाँ एउटा दुःखको प्रश्न उठ्छ: सृजना जस्ता सच्चा प्रेमले भरिएका हृदयहरूले किन यस्तो वियोग सहनुपर्छ? किन उनीहरूलाई आफ्नो प्रेमको मुल्य यसरी चुकाउनुपर्छ?
यस २१औ शताव्दिमा , साँचो प्रेमको उदाहरण बिरलै भेटिन्छ। सबैलाई यस्तो गहिरो साथ दिन सक्ने क्षमता हुँदैन। तर सृजना र विवेक जस्ता जोडीहरूले प्रेमलाई अमृत पिलाएर अमर बनाएका छन्। यस्तो निश्वार्थ प्रेमको लागि हरेक सम्मान र हरेक सहयोग कम हुन्छ। यो घटना भलै हृदय विदारक छ, तर यसले संसारलाई प्रेमको साँचो अर्थ बुझाउन, महसूस गराउन र त्याग र कर्तब्यवोध गराउन सफल भएको छ ।
तस्विर यसरी बोल्छ:
अब चर्चा गरौ माथिका तिन तस्विरहरू र तिनीहरूले दिएको सन्देशका बारेमा।
यो कथा एउटा सानो र साधारण तर उज्यालो घरबाट सुरु हुन्छ, जहाँ प्रेम नै मुख्य भाषा हो। यो जोडीले समय र समाजका नियमहरूभन्दा परको प्रेमलाई प्रस्तुत गरेका छन। उनीहरूको प्रेम ठूलो देखावटीभन्दा फरक छ—यो प्रेम स्पर्श, त्याग, र अविचलित समर्पणको पवित्रताबाट व्यक्त हुन्छ।
पहिलो दृश्यमा, सृजना, जसको अनुहारमा ममता झल्किन्छ, आफ्नो विरामी पति विवेकको खुट्टाका औँलामा चुम्बन गर्छिन्। यस क्षणले नम्रता, आदर, र गहिरो प्रेमको प्रतिनिधित्व गर्दछ। यस तस्विरले भन्छ : “म तिमीलाई हृदयदेखि माया गर्छु, यहाँसम्म कि तिमीलाई सानो र बेवास्ता गरिने कुरामा पनि।” यस्तो समयमा, जब प्रेमलाई बाहिरी देखावटी शैलीमा मात्र मापन गरिन्छ, यो कार्य अझ गहिरो र शुद्ध प्रेमको प्रतीक बनेको छ।
दोस्रो दृश्यमा, हेरचाहको झलक देखिन्छ। सृजनाले मायालु मुस्कानसहित आफ्नो विरामी र अशक्त पतीलाई खाना खुवाइरहेकी छिन्। यो कार्य खाना खुवाउने मात्र नभई उनको माया र रेखदेखको अभिव्यक्ति हो—उनको स्वास्थ्यको ख्याल राख्ने, उनको आत्मबल बढाउने । पति विवेकले पत्नीको त्यो माया शान्त र कृतज्ञ आँखाले स्वीकार्छन्। उनीहरूको प्रेम कुनै ठूला कवितामा होइन, तर दिनदिनका साना साना कुरामा लेखिएको छ।
अन्तिम दृश्यमा, त्यो जोडीको खुशीको उत्सव देखिन्छ। परम्परागत पोशाकमा सजिएर, उनीहरू केक समातिरहेका छन्। सृजनालाई थाहा छ उनका पतिको रोग निको नहुने खालतो छ र ढिलो छिटो विवेकले यो यो धर्ति छोडन सक्ने छन। त्यसैले उनी पति विवेको जन्मोत्सव भव्यताकासाथ मनाउन चाहन्छिन। उनीहरूको अनुहारमा मुस्कान चम्किरहेको छ। रातो र सेतो बेलुनहरूले त्यो दृश्यलाई सजाइरहेको छ, जुन जोस र शुद्धताको प्रतीक हो। यो उनीहरूको प्रेमको विजय हो—जीवनका सबै चुनौतीहरूका बीचमा पनि एकअर्कालाई रोज्ने साहसको विजय।
यी तस्बिरहरूले प्रेमको अमरताको कथा बुनिरहेका छन्। हामीलाई सम्झाएको छ कि साँचो प्रेम अस्थायी वा देखावटी हुँदैन; यो गहिरो, दयालु, र आदरमा आधारित हुन्छ। खुट्टाको चुम्बन उनीहरूको सम्बन्धको गहिराइको उदाहरण हो, जसलाई कुनै पनि मापन उपकरणले मापन गर्न सक्दैन।
भाग्यशाली थिए विवेक, जो सृजनाजस्तो नारीको प्रेम पाउन सफल भए। उनले जसरी छोटो आफ्नो जीवनमा यो सांचो र सुन्दर प्रेमसँग बिताए, त्यो अनन्तकालसम्म अविस्मरणीय बन्नेछ।
यो प्रेमगाथाले हामीलाई सम्झाउँछ: साँचो प्रेम यस्तो हुनुपर्छ, जसले मृत्यु भए पनि यादगार बनाइदिन्छ।