Wednesday, June 10, 2026
72.7 F
Washington DC.

रवि लामिछानेसहित ७ जनालाई धरौटिमा रिहा गर्न अदालतको आदेश

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कास्की, पुस २५ – सुर्यदर्शन सहकारीको बचत अपचलनको मुद्दामा जिल्ला अदालत कास्कीले बिहीबार रवि लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश नितिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।

साथै, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङ र मीना गुरूङलाई जनही ५ लाख, र कृष्णबहादुर गुरूङलाई १ लाख धरौटी तिर्न आदेश दिइएको छ।

सुर्यदर्शन सहकारीको बचत अपचलनका कारण मुद्दा परेपछि यस घटनाले राष्ट्रिय चासो तानेको थियो। अदालतको आदेशपछि सबै आरोपीहरूलाई अनुसन्धानमा सहयोग गर्न र मुद्दाको प्रक्रियामा उपस्थित हुन निर्देश गरिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img