spot_img
Friday, September 20, 2024
70.1 F
Washington DC.
spot_img

न्यूयोर्कमा गायक राजेशपायलमाथि हातपात

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको न्यूयोर्कमा आयोजित एक साङ्गेतिक कार्यक्रममा लोकप्रिय गायक राजेशपायल राईमाथि हातपात भएको छ।

नयाँवर्ष २०२२ को अवसर पारेर साङ्गेतिक कार्यक्रमकालागि न्यूयोर्कमा बोलाइएका राईले स्टेजमा गीत गाउदै गर्दा एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए ।

सार्वजनिक भिडियोमा ती युवकले अंगालो मारेर स्टेजमै पछाडि तानी हातपात गरिएको देखिएको छ। हातपात हुनासाथ आयोजकले स्टेजबाट युवकलाई बाहिर निकालेका थिए ।

घटना पश्चात गायक राईले स्टेजबाट दर्शकहरुलाई शान्त पार्दै फिल्मी शैलीमा भने: “अगाडिबाट आए ज्वालामुखी पनि पचाउछु जस्तो लाग्छ, पछाडिबाट आएको अंगालो पनि मिठै लाग्छ’ । ‘राजेशपायल राई न कहिल्यै हार्न जान्दछ न कहिल्यै भाग्न जान्दछ, किनकी राजेश पायल राई त्यो देशको माटोले जन्माएको हो जुन देशको माटो छुन पनि स्वर्ग पुगे जस्तो छ, राईले केहि भावुक हुदै थपे ।

हातपात गर्ने व्यक्ति र उदेश्यका बारेमा आयोजक बुद्द ट्याक्सले बताएको छैन।

हिजो न्युयोर्कका भएको घटनाको छानविन गरेर अमेरिकी मौजुदा कानुन अनुसार आक्रमणकारीलाई कसुर अनुसार कारवाही नगर्ने हो भने यो त्रास र अराजकता नेपालीपाराको ‘युटोपियन साम्राज्य’ न्युयोर्कमा निरन्तर मौलाउँछ, संचारकर्मी शैलेश श्रेष्ठ सम्प्रेशणमा लेख्दछन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img