Friday, March 6, 2026
51.9 F
Washington DC.

न्यूयोर्कमा गायक राजेशपायलमाथि हातपात

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको न्यूयोर्कमा आयोजित एक साङ्गेतिक कार्यक्रममा लोकप्रिय गायक राजेशपायल राईमाथि हातपात भएको छ।

नयाँवर्ष २०२२ को अवसर पारेर साङ्गेतिक कार्यक्रमकालागि न्यूयोर्कमा बोलाइएका राईले स्टेजमा गीत गाउदै गर्दा एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए ।

सार्वजनिक भिडियोमा ती युवकले अंगालो मारेर स्टेजमै पछाडि तानी हातपात गरिएको देखिएको छ। हातपात हुनासाथ आयोजकले स्टेजबाट युवकलाई बाहिर निकालेका थिए ।

घटना पश्चात गायक राईले स्टेजबाट दर्शकहरुलाई शान्त पार्दै फिल्मी शैलीमा भने: “अगाडिबाट आए ज्वालामुखी पनि पचाउछु जस्तो लाग्छ, पछाडिबाट आएको अंगालो पनि मिठै लाग्छ’ । ‘राजेशपायल राई न कहिल्यै हार्न जान्दछ न कहिल्यै भाग्न जान्दछ, किनकी राजेश पायल राई त्यो देशको माटोले जन्माएको हो जुन देशको माटो छुन पनि स्वर्ग पुगे जस्तो छ, राईले केहि भावुक हुदै थपे ।

हातपात गर्ने व्यक्ति र उदेश्यका बारेमा आयोजक बुद्द ट्याक्सले बताएको छैन।

हिजो न्युयोर्कका भएको घटनाको छानविन गरेर अमेरिकी मौजुदा कानुन अनुसार आक्रमणकारीलाई कसुर अनुसार कारवाही नगर्ने हो भने यो त्रास र अराजकता नेपालीपाराको ‘युटोपियन साम्राज्य’ न्युयोर्कमा निरन्तर मौलाउँछ, संचारकर्मी शैलेश श्रेष्ठ सम्प्रेशणमा लेख्दछन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img