Sunday, May 18, 2025
70.1 F
Washington DC.

सम्पादकीय: ग्लोबल न्यूज ब्रेकको उत्साहजनक एक वर्ष

सम्बन्धित समाचार

सत्य, तथ्य र स्वतन्त्र ग्लोबल न्यूज ब्रेकको अग्रेजी संस्करण (gnbnow.com) ले आज एक वर्षको छोटो अवधि पुरा गरेको छ।

यस अवधिमा हामी झुकेनौ,कसैको काख पाएर लुकेनौ अनि पत्रकारिताको मूल्य र मान्यतामा कहिल्यै कसैसंग सम्झौता गरेनौ।

यहाँ छाडा मात्र हैन गति छाडाहरुको भिडमा हाम्रो टिमले निरन्तर स्वतन्त्ररुपमा पत्रकारिता गरेर देखाएको छ। त्यसैले आज हाम्रो शिर सगरमाथा झैँ उच्च रहेको छ र शिर ठाडो गरेर बोल्न र लेख्न हामीलाई प्रसस्त उर्जा प्राप्त भएको छ।

त्यसैले, हामीले अमेरिकामा एनआरएन लगायत नेपालका राजनीतिक दलका संघ सस्थाहरु र मिडियाका समूहले रचेको सेटिङलाई बहिस्कार गरेकै हो। हामीले त्यस्ता प्रचार र पहिचानका भोका र निहित स्वार्थकालागि अनलाईन मिडियाहरुलाई खेलाउदै आएका समूहहरुलाई तिरस्कार गरेकै हो। त्यस्तै, कुर्शी र पहिचानकैलागि सस्था खोल्दै काम नै नगरी बस्ने कथित पत्रकारका सस्थाहरुलाई बहिस्कार गरेकै हो। 

प्रबासमा डिजिटल पत्रकारिता एउटा ‘रहरकारिता’ मा मात्र सिमित भएको तपाई पाठकहरु नै ज्ञाता हुनु हुन्छ। केहि अपबाद बाहेक अमेरिकामा रहर र पर्चाकालागि स्थापना गरिएका प्रायस डिजिटल मिडियाहरुको भीडमै जन्मिएको ग्लोबल न्यूज ब्रेकको अंग्रेजी र नेपाली सस्करणले आफ्नो छोटो समयमा निश्चय पनि एक उदाहरण प्रस्तुत गर्न सकेको हाम्रा पाठकहरुले प्रतिक्रिया दिदा हामीलाई थप राम्रो गर्न हौसल्ला मिलेको छ।

गत बर्ष हामीले  १३ जना विद्यार्थी भाई बैनीहरुलाई इण्टर्नशिप प्रदान गर्न सफल भयौ। यसैको परिणामस्वरूप गुणस्तरिय १,४२१ बटा विविध सामाग्रीहरु पस्कन सफल भयौ। 

यस अभियानमा खरो उत्रदै हामीलाई सहयोग गर्दै आउनु भएका सरिक कोइराला, अस्मी पोखरेल, अभिषेक पाण्डे, बिजेन्द्र बस्नेत, जुनु कोइराला तथा त्रिशा दाहाललाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।

डिजिटल मिडियाको व्यापक विकास र विस्तार भइरहेको यो समयमा पाठकका लागि विभिन्न विकल्पहरु उपलब्ध छन्। त्यसैले पत्रकारितालाई अझ विशिष्टीकरणतर्फ अगाडि बढाउन हामी प्रतिबद्ध छौं– ताकि रहरकारिता तथा पर्चाकारिता गर्दै आएका  मिडियाको भीडबाट हाम्रा पाठकले अलग, उत्कृष्ट, निष्पक्ष र रोचक सामग्री प्राप्त गर्न सकून्।

ग्लोबल न्यूज ब्रेक मिडियाले बिशेषत स्वतन्त्र रहि कायम राखेको नैतिक पत्रकारिता र यसको जगमा सम्प्रेषित सामाग्रीहरुका कारण नै पाठकहरुको विश्वसनीयता बढेको हाम्रो बुझाई रहेको छ। यस छोटो अवधिमा पाठकहरुले दर्शाउनु भएको अपार मायाँ , विश्वास र मिडियाप्रतिको भरोसाले अझ राम्रो गर्न हामीलाई हौसल्ला प्रदान भएको छ।

आगामी दिनहरुमा यस मिडियाबाट स्थापित ब्यबस्थापन, गुणस्तर,र कार्यविधिलाई  निरन्तरता दिई समूदायको सेवामा र समूदायको हितमा सामाग्रीहरु संप्रेषण गर्न हामीलाई उत्साहित तुल्याएको छ। 

अन्तमा, यस छोटो अवधिमा पाठकहरुले दर्शाउनु भएको अपार मायाँ, विश्वास र मिडियाप्रतिको भरोसाका लागि धन्यवाद ज्ञापन गर्दै नयाँ बर्ष २०२२ को हार्दिक शुभकामना ब्यक्त गर्दछौ। 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img