spot_img
Saturday, September 21, 2024
81.2 F
Washington DC.
spot_img

प्रकाशको “पिर” को सकस: दृश्य सम्पादन , नया भिडियो अपलोड

सम्बन्धित समाचार

केहि बर्ष अगाडी मात्र हो आफ्नै पार्टीले काठमाडौँको भृकुटीमण्डपमा गरेको चियापान समारोहमा एक २५ वर्षका युवकबाट माओवादी अध्यक्ष प्रचण्डले झापड खाएका थिए।

यस घटनाले नेपालका तीन प्रमुख पार्टीका तीनै जना शीर्ष नेताहरु समान हैसियतमा पुगेका थिए – तीनै जनाले सार्वजनिक कार्यक्रममा आक्रमण भोग्नुपरेको थियो । यसअघि झलनाथ खनाललाई सुनसरीमा कार्यकर्ता देवीप्रसाद रेग्मीले दुई वर्षअघि माघमा झापड हानेका थिए। यस पश्चात  काग्रेस  सभापति सुशील कोइरालालाई पनि आफ्नै कार्यकर्ताले फ्रेमले हानेका थिए।

यी घटनाहरु सामान्य थिएनन्, गणतन्त्रको स्थापना पश्चात आश र भरोशा गरिएका शीर्ष नेताहरुको कार्यशैली प्रति कार्यकताहरुले साङ्केतिक रुपमा प्रकट गरेको चरम असन्तुष्टि थियो। 

गणतन्त्र स्थापना भएको पनि १६ बर्ष बित्यो, तर  हिजो जे जस्तो अवस्थामा देश थियो र जनता थिए आज त्यस अवस्था भन्दा खासै फरक भएको नेपाली जनताले अनुभूति गर्न पाएका छैनन्। माओवादी जनयुद्धबाट देशको प्रणाली परिवर्तन भयो, नेताहरुलाई बाहेक जनतालाई यस परिवर्तनले छुन सकेन।

यसै प्रसङ्गमा गीतका सर्जक तथा गायक प्रकाश सपुतले जम्मा करिब १६ मिनेटको “पिर” नामक एक भिडियो गीत सार्वजनिक गरेर दश बर्षे जनयुग्द्दको सार्थकता र गणतन्त्र स्थापना पश्चात जनताको अनुभूतिलाई उजागर गर्दै शीर्ष नेताहरुलाई अर्को “पिर” थपि दिएका छन्। 

उक्त गीतमा गायक प्रकाश सपुतकै शब्द तथा संगीत रहेको छ भने भिडियोमा प्रकाशका अलावा सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन केशरी, पुष्पा अवस्थी र विशाल घिमिरेले अभिनय गरेका छन् ।

गायक तथा सर्जक सपुतले आफ्नो ‘पिर’ भिडियो गीतमा शसस्त्र माओवादी विद्रोह पश्चात गणतन्त्र प्राप्त भए पछि माओवादी कार्यकर्ता तथा नेतामा देखिएको परिवर्तन र पूर्व लडाकुहरुले भोग्नुपरेको अवस्थालाई देखाएका थिए ।

तत्कालीन माओवादी जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित बनाइएको १६ मिनेट लामो उक्त गीतको आलोचनामात्र नभएर युट्युबबाटै हटाउनसम्मको चेतावनीको सामना प्रकाशले भोग्नु पर्यो ।

उक्त गीतलाई लिएर नेकपा माओवादी केन्द्र सम्बद्ध कार्यकर्ता तथा नेताहरुले गायक प्रकाश सपुतलाई गीत हटाउन चेतावनी दिदै उनले सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने समेत चेतावनी दिए। उता अन्य श्रोताहरुले भने गीतले यथार्थ बोकेको र समाजमा पूर्व लडाकुहरुको अवस्थालाई चित्रण गर्न सफल भएको प्रतिकृया दिएका छन् ।

माओवादी सशस्त्र युद्धका एक अगुवा तर पछिल्लो समय माओवादी त्यागेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुनै विषय नभएको व्यहोरा सामाजिक संजालमा उल्लेख गरेका छन् ।

“म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ती मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसरी राजनीतिक आक्रमण र दबाबमा पर्ने प्रकाशको “पिर” मात्र पहिलो हैन। एक समय गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ले एमाले भित्र हलचल मच्चाएको थियो। गायक शर्माको ‘लुट्न सके लुट कान्छा’ गीत विरुद्ध २०७५ सालमा एमालेले विरोध जनाएको थियो । विरोध चर्किएपछि उक्त गीत युट्युवबाट हटाइयो । र, परिमार्जनसहित पुनः पोस्ट भएको थियो ।

यसै बीच प्रकाशले भोग्नु परेको क्रिया प्रतिक्रिया संगै “पिर” गीत लाई करोड़ पटक हेरिएको छ। पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ। तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत  गराएको  छ।

काग्रेसले २००७ सालमा हतियार उठायो। एमालेले पनि सशस्त्र क्रान्ति गर्‍यो। माओवादीले हतियारले उठायो। जसले जे नाममा हतियार उठाए पनि, आन्दोलन गरे पनि जबसम्म यस्ता आन्दोलनहरुले जनताको जीविकामा तात्विक परिवर्तन ल्याउँदैन, त्यहा नयाँ क्रान्तिको आवश्यकता हुन्छ ।

जनताले केही नपाएसम्म शब्दका जनमुक्ति, शब्दका जनआन्दोलन र शब्दका जनयुद्धले केही पनि गर्नेवाला छैन, उल्टो आक्रोश र अस्थिरता फैलाउनेछ। प्रकाशको पिर बाट चेत्नु पर्ने त नेताहरुले हो। देश हाक्न पटक पटक जिम्मेवारी पाएका र भोगेका नेताहरु र उनीहरुले निर्वाह गर्न नसकेको नेतृत्व कै कारणबाट यी घटनाहरु र गीतका सृजना भएका हुन नेताहरुले बुझ्नुपर्ने विषय हो यो।

उक्त गीतको भिडियो सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड माथिले निरन्तर हेरिएको थियो। 

युटुबमा अपलोड गरिएको पिर गीतको भिडियो लाई तत्काल हटाउन तिब्र दबाद भोग्दै आएका प्रकाशले एउटा दृश्य सम्पादन गर्दै नया भिडियो रि- अपलोड गर्न बाध्य भएका छन्। 

जीवन गुजाराका लागि देह ब्यापार गर्न बाध्य पूर्व माओबादी महिलाको दृश्यलाई हटाई अन्य दृश्यलाई जस्ताको त्यस्तै प्रस्तुत गर्दै उक्त भिडियोलाई प्रकाशले युट्युवमा रिलोड गरेका छन्। 

कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दै थप राजनितिकरण र अतिरन्जित नगर्न प्रकाशले अपिल गरेका छन्।  

सर्जक तथा गायक प्रकाशले आज आफ्नो फेसबुक पेज मार्फत एक विज्ञप्ति जारी गर्दै भनेका छन् :

“सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा गल्बन्दि , १५ दिनमा कुराबुझ्नपर्छ र ७ दिनमा पिर करोड़ पटक हेरिएको छ । हाम्रो प्रयास को ईतिहास र तपाईको प्रेम को ईतिहास निरन्तर दोहोरीएको छ । एउटा सर्जक र उसको  टिमका लागि र समग्र व्यवसायिक संगित बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु । यधपि तपाईको अमुल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु । रेकर्डहरु बनाएको छु । सपना र  संघर्ष पछिको यो सफलता भने सामान्य होईन । कहिले काहि त लाग्छ – भयो अब ! पुग्यो । I’m done !

खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत  गराएको  छ ।सिर्जना गर्दा  अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यधपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने  कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ?  यो  बहस हुन जरुरी छ । भैईरहोस।  जे होस,  पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्य ले,  पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गित र भिडियो का अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो । अनअफिशियल रुपमा त पुरानो भिडियो सेभ होलान । अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला ( नगर्न अनुरोध )  तर लाखौ सब्सक्राईब भएको Pakash Saput official Youtube  मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो ।

नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो।  त्यसैले कुनै दबाब/ प्रभाव ले नभएर  यो बिचमा आएका तपाईको प्रतिक्रिया,  अग्रज स्रष्टा सर्जकहरुको सुझाव !  लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रि- अपलोड गरिएको छ ।  साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने  निर्णय गरेको छु ।केहि दृष्यमाथीको आलोचना,  व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गित र भिडियो त हटाएको छु  तर गित र भिडियोमा गरिएको नेपाली समाजको  चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन  र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु…#पिर- Re uploaded. मन लागेछ भने फेरी हेर्नु होला । र कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिनु होला । थप राजनितिकरण र अतिरन्जित नगरौ है त । धन्यबाद !”

————-

दृश्य सम्पादन सहित अपलोड गरिएको पिरको नया भिडियो:

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img