spot_img
Sunday, September 22, 2024
66 F
Washington DC.
spot_img

निर्वाचन आयोगले सोध्यो बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

स्थानीय तहको निर्वाचनमा मतदान गर्दा मतसङ्केत गरेको मतपत्र सार्वजनिक गरेपछि निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छः ‘जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान गर्ने क्रममा मतसङ्केत गरेको मतपत्र सार्वजनिक गर्नुभएको विषयप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ’ ।

आयोगले विज्ञप्तिमा भट्टराईलाई चौबीस घण्टाभित्र जवाफ पेश गर्न भनेको छ ।

आयोगले विज्ञप्तिमा भनेको छः ‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेको छ’ ।

भट्टराईले आज बिहानमा गृह जिल्ला गोर्खामा मतदान गरेपछि मतसङ्केत गरेको मतपत्रको फोटो सामाजिक सञ्जालमा राखेका थिए । तर फोटो उनी आफैँले नखिची अरु कसैले खिचेको स्थानीय समाचारमा जनाइएको छ ।

निर्वाचन आचारसंहिता अनुसार मतदान गर्दा साथमा मोबाइल लगायत क्यामेरा लान पाइदैन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img