Friday, March 6, 2026
53.4 F
Washington DC.

कोपेनहेगन गोलीबारी: २२ वर्षीय बन्दुकधारीलाई अदालतमा हत्याको अभियोग

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

डेनमार्कको कोपेनहेगनस्थित एक शपिङ मलमा एकजना बन्दुकधारीले तीन जनाको हत्या गरेका छन्। अन्य घाइते भएको र उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

डेनमार्कको प्रहरीले कोपेनहेगन सपिङ मलमा भएको गोलीकाण्डको घटना आतंकवादसँग सम्बन्धित नभएको बताएको छ। मानसिक स्वास्थ्य सेवासँग परिचित २२ वर्षीय युवकलाई घटना लगत्तै पक्राउ गरी हत्याको अभियोग लगाइएको छ ।

आइतबारको आक्रमणमा १७ वर्षका दुई डेनिस नागरिक र ४७ वर्षीय रूसी नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार उनीसँग अन्य आक्रमणकारीहरू संलग्न रहेको कुनै सङ्केत भेटिएको छैन र मल सञ्चालकहरूलाई उनीहरूसँग हुन सक्ने कुनै पनि भिडिओ फुटेज सुरक्षित गर्न आग्रह गरिएको छ।

अधिकारीहरूका अनुसार २२ वर्षीय संदिग्ध व्यक्ति मानसिक स्वास्थ्य सेवाहरूसँग सम्बन्धित थिए र उनीहरूले आतंककारी उद्देश्यको शंका नगरेको बताए।

कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले पत्रकार सम्मेलनमा भने, “हाम्रो अनुमानमा संदिग्ध व्यक्ति मनोचिकित्सक सेवाहरूसँग पनि सम्बन्धित छ, यस बाहेक म टिप्पणी गर्न चाहन्न।”

थॉमसेनले थपे कि आक्रमणमा पीडितहरूलाई अनियमित रूपमा लक्षित गरिएको देखिन्छ। यो लिङ्ग वा अरू केहि लाइ लक्षित गरेर आक्रमण गरेको देखिदैन र यो आतंककारी कार्य हो भनेर संकेत गर्ने कुनै पनि कुरा नपाइएको थॉमसेनले भने।

आक्रमणका शङ्कास्पदलाई पक्राउ गर्दा उनको हातमा राइफल र गोलाबारी रहेको प्रहरीले जनाएको छ।

सन्दिग्धसँग सोमवार न्यायाधीशले सोधपुछको गर्ने बताइएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img