spot_img
Monday, September 23, 2024
67.9 F
Washington DC.
spot_img

युक्रेनी शहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप  लुहान्स्क प्रान्तको प्रमुख अन्तिम शहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको रूसका रक्षामन्त्री सर्गेई शोइगुले दाबी गरेका छन्।

रूसी सेनाले स्थानीय पृथकतावादी समूहका सदस्यहरूसँग मिलेर लिसिचान्स्क शहरमा पूर्ण नियन्त्रणमा लिएको रक्षामन्त्री शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी दिएको भन्दै उक्त मन्त्रालयले जनाएको छ। 

रूसले सार्वभौमसत्ताको रूपमा मान्यता दिएको युक्रेनका दुई पृथकतावादी क्षेत्रहरूमध्ये एउटा लिसिचान्स्कलाई नियन्त्रणमा लिनु भनेको ‘लुहान्स्क जनगणतन्त्रको मुक्ति हो’ रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

यसअघि लुहान्स्कका गभर्नरले आफ्नो प्रान्तमा प्रतिरोधको अन्तिम किल्ला लिसिचान्स्क कब्जा गर्न रूसी सेनाले आफ्नो स्थिति बलियो बनाएको र बुझ्न नसकिने रणनीतिका साथ शहरमा आक्रमण गरेका बताएका थिए। 

यसैबीच एकजना वरिष्ठ युक्रेनी अधिकारीले लिसेचान्स्क सहरमा आफ्नो नियन्त्रण गुमेपछि रुसी फौजलाई पश्चिमतर्फ अघि बढ्नबाट रोक्नका निम्ति आफूहरूले सैन्य सुदृढीकरण गरिरहेको बताएका छन्।

रुसी कब्जामा रहेको लुहान्स्कका गभर्नर सेर्ही हाइडाईले युक्रेनी सेना पछि हट्ने क्रममा कुनै पनि क्षति नभएको बताएका हुन्।

उनले रुसी सैनिकहरूलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि युक्रेनी फौजले आफूलाई सुदृढ पारिरहेको दाबी गरेका छन्।

उनले रुसीहरूले टाढैबाट हमला गरेर सहर ध्वस्त नपारुन् भनेर आफूहरूले त्यसलाई छाडेको बताए।

उनले लुहासन्स्क रुसी नियन्त्रण जानु पीडादायी भएको भन्दै तर आफूहरूले एउटा लडाइँ हारे पनि पूरै युद्ध नहारेको बताएका छन्।

उनले रुससँग लड्नका लागि थप हातहतियार दिन पश्चिमा देशहरूलाई आग्रह पनि गरे।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले लिसेचान्स्कलाई फिर्ता लिने वाचा गरेका छन्।

(एजेन्सीहरुको सहयोगमा)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img