spot_img
Friday, November 22, 2024
39.5 F
Washington DC.
spot_img

इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।

सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । 

मार्मोलाडाको शिखरमा तापमान लगभग १० डिग्री सेल्सियस (५० डिग्री फरेनहाइट) थियो । सामान्यतया आल्प्सको अग्ला चुचुराहरूमा तापक्रम वर्षैभरि ० डिग्री सेल्सियस (३२ डिग्री फरेनहाइट) भन्दा कम रहन्छ ।

इटालीको नहर शहर क्षेत्र भेनेटोमा नागरिक सुरक्षाका क्षेत्रीय काउन्सिलर जियानपाओलो बोटासिनका अनुसार, मृतक र बेपत्ता भएका  भनिएका बाहेक कम्तीमा पनि आठ जना घाइते भएका छन् जसमा एक जनाको अवस्था गम्भीर छ ।

मारमोलाडाको चुचुरो समुन्द्र सतहबाट ३,३४३ मिटर (लगभग ११,००० फीट) उचाइमा छ ।

दुर्घटना दिउँसो १ः४५ बजे भएको थियो ।  उक्त हिमनदीमा रहेको आइस शेल्फ भत्किदा हिउँ, बरफ र चट्टानको पहिरोले पर्वतारोही र पदयात्रीहरूको थुप्रै समूहलाई घेरेको थियो । उक्त क्षेत्रमा थप पहिरोको जोखिम रहेको अधिकारीहरुले बताएका छन् ।

घाइतेहरूलाई बेलुनो, ट्रेभिसो, ट्रेन्टो र बोलजानो शहरका नजिकैका अस्पतालहरूमा लगिएको छ ।

उद्धारकर्ताहरूले हेलिकप्टर, शिकारी कुकुरहरू र अत्याधुनिक ग्लोबल पोजिसनिङ प्रविधि प्रयोग  गरेका थिए । रासस / एएनआई

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img