Thursday, April 17, 2025
50.2 F
Washington DC.

स्वदेश फर्किएको अर्जेन्टिना टोलीलाई राजधानीमा भब्य स्वागत

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हालसम्मकै सनसनीपूर्ण र उत्कृष्ट मानिएको विश्वकप २०२२ को विजेता अर्जेन्टिनी टोलीलाई राजधानी ब्यूनस आयर्समा पुग्दा उनीहरुको भब्य स्वागत गरिएको छ । कतारमा आइतबार राति सम्पन्न फिफा विश्वकप च्याम्पियन बनेर मंगलबार स्वदेश फर्किएको हो। अर्जेन्टिनी टोलीलाई राजधानी ब्यूनस आयर्समा लाखौं फुटबल प्रेमी तथा समर्थकले सडकमा ओर्लिएर भब्य स्वागत गरेका थिए ।

कप्तान लियोनेल मेस्सीको नेतृत्वमा रहेको टोलीका सदस्यहरू मंगलबार बिहान ३ बजेभन्दा केही समय अगाडि अर्जेन्टिनाको राजधानी इजिजामा विमानबाट ओर्लिएपछि टोलीका लागि रातो कार्पेट बिछ्याइएको थियो।

बिमानबाट उत्रदा मेस्सी विश्वकप बोक्ने पहिलो खेलाडी थिए, जसलाई प्रशिक्षक लियोनेल स्कालोनीले साथ दिएका थिए, उनले कप्तानको वरिपरि आफ्नो हात राखेका थिए जसमा लेखिएको थियो, “धन्यवाद, च्याम्पियनहरू।”

खेलाडीहरूलाई रक ब्यान्ड ला मोस्काले “मुचाचोस” गाएर स्वागत गरेको थियो। रक ब्यान्ड ला मोस्काको पुरानो गीतको धुनमा एक प्रशंसकले गीत लेखेका थिए जुन गीत कतारमा भएको विश्वकपमा अर्जेन्टिनाका प्रशंसकहरूका लागि लोकप्रिय अनौपचारिक गाना समेत बन्न सफल भयो ।

यस दृश्यमा अर्जेन्टिनाका फ्यानहरूले राजधानी ब्यूनस आयर्सको ओबिलिस्कमा कतार २०२२ विश्वकप जितेको अवसरमा खुसीयाली मनाइरहेका छन्। (तस्बिर: लुइस रोबायो / एएफपी)

विश्वकप उपाधि जितेको खुशीयाली मनाउन अर्जेन्टिनाको सरकारले मंगलबार सार्वजनिक विदा समेत दिएको छ। ईतिहास कै सबैभन्दा सनसनीपूर्ण र उत्कृष्ट मानिएको फाइनल खेलमा लियोनल मेसीको कप्तानीमा उत्रेको अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि चुमेको थियो ।

३५ वर्षीय मेसीको दुई गोल र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकको मद्दतले ३–३ को बराबरीमा खेल रोकिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–२ ले हराउँदै अर्जेन्टिनाले तेस्रो विश्वकप उपाधि जितेको थियो ।

अतिरिक्त समयको ३० मिनेटपछि अर्जेन्टिना र फ्रान्स बीच ३–३ गोलको बराबरी थियो । यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

अर्जेन्टिनाले विश्वकप उपाधि तेस्रो पटक जितेको हो । विश्वकपको उक्त फाइनल खेललाई हालसम्मकै सनसनीपूर्ण र उत्कृष्ट भएको बताईएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img