spot_img
Friday, September 20, 2024
82.2 F
Washington DC.
spot_img

टर्कीमा १०० वर्षकै सबैभन्दा शक्तिशाली भूकम्प: २० पराकल्पन सहित १,६०० भन्दा बढीको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

टर्किएको गाजियनटेप क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प – जुन यस क्षेत्रको १०० वर्षमा सबैभन्दा शक्तिशाली भूकम्प मध्ये एक मानिएको छ। यसबाट छिमेकी सिरियालाई पनि असर गरेको छ ।

सोमबार दिउँसो दक्षिणपूर्वी टर्कीमा ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको युएस जियोलोजिकल सर्भेले रिपोर्ट गरेको केही घण्टापछि टर्की र सिरियाका क्षेत्रहरूमा १,६०० भन्दा बढी मानिसको मृत्यु भएको छ । त्यस पछि कम्तिमा २० वटा पराकम्पन गएको थियो।

यसअघिको ७.८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी टर्की र उत्तरी सिरियामा असर गरेको थियो। मृतक बाहेक, हजारौं घाइते भएका छन् र भत्किएका भवनहरूको भग्नावशेषमुनि फसेकाहरूको उद्वार भइरहेको छ।

यसै बीच युरोपेली संघले यियु नागरिक सुरक्षा संयन्त्रलाई सक्रिय गरेपछि टर्किएका लागि खोज र उद्धार टोलीहरू परिचालन गरेको छ।

यियुका अनुसार, शहरी खोज र उद्धार टोलीहरू बुल्गेरिया, क्रोएसिया, चेकिया, फ्रान्स, ग्रीस, हंगेरी, माल्टा, नेदरल्याण्ड्स, पोल्याण्ड, रोमानियाबाट परिचालन गरिएको छ। इटाली, स्पेन र स्लोभाकियाले पनि टर्कीलाई आफ्नो उद्धार टोलीको प्रस्ताव गरेका छन्। यियुको आपतकालीन समन्वय केन्द्र आवश्यक परे थप सहयोग समन्वय गर्न टर्कीका अधिकारीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेको यियुले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img