spot_img
Saturday, September 21, 2024
72.1 F
Washington DC.
spot_img

अमेरिकाको बन्दुक संस्कृति चरममा…गत वर्ष विमानस्थलबाट ६५४२ हतियार बरामद

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकामा, यातायात सुरक्षा प्रशासन (टिएसए ) ले गत वर्ष एयरपोर्टहरूमा ६,५४२ बन्दुकहरू अर्थात प्रति दिन लगभग १८ बन्दुकहरू जफत गरेको थियो। गत वर्ष अमेरिकी एयरपोर्टहरूमा बरामद भएको यो संख्या सबैभन्दा धेरै हो र यसले अमेरिकी जनतामा हतियारको मोह डरलाग्दो रूपमा बढेको सङ्केत पनि गर्दछ ।

‘हामीले हाम्रा चेकपोइन्टहरूमा के देखिरहेका छौं भन्ने कुराले हाम्रो समाजको वास्तविकता झल्काउँछ कि आज धेरै मानिसहरूले हतियार बोकिरहेका छन्, ‘ टिएसए प्रशासक डेभिड पेकोस्केले भनेका छन्।

कोरोना महामारीको समयमा सन् २०२० बाहेक, २०१० पछि एयरपोर्ट स्क्रीनिंगको समयमा भेटिएका हतियारहरूको संख्या लगातार बढेको छ। तीमध्ये अधिकांशले आफूसँग हतियार भएको कुरा बिर्सेको भनेका छन् । तर, विमानमा हतियार गलत मान्छेको हातमा पुग्नु खतरनाक हुनसक्ने प्रशासक डेभिड पेकोस्के स्वीकार गरे । क्यालिफोर्नियाको बर्ब्याङ्कदेखि बाङ्गोर, मेनसम्म टाढाको एयरपोर्टहरूमा हतियारहरू जफत गरिएको छ।

अमेरिकामा बन्दुकको खपत बढ्यो
तर बन्दुक बोक्न कानुन बढी अनुकूल हुने क्षेत्रका ठूला एयरपोर्टहरूमा यो बढी हुने गरेको पेकोस्केले बताएका छन् । सन् २०२२ मा हतियार जफत गरिएका राज्य र सहरहरुको शीर्ष १० सूचीमा टेक्सासको डलास, अस्टिन र ह्युस्टन, फ्लोरिडाको तीन एयरपोर्टहरू र टेनेसीको नासभिल, एटलान्टा, फिनिक्स र डेनभर समावेश छन्। अमेरिकामा बन्दुकको खपत निकै तीव्र गतिमा बढेको छ । तथ्याङ्कले सन् २०२० मा बन्दुक उत्पादकहरूले ११ लाखभन्दा बढी बन्दुकहरू उत्पादन गरेको देखाउँछ। यो संख्या सन् २००० मा बनेको कुल बन्दुकभन्दा १० गुणा बढी हो ।

(एजेन्सीको सहयोगमा)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img