Friday, March 6, 2026
51.9 F
Washington DC.

बंगलादेशमा अक्सिजन प्लान्टमा लागेको आगोले ५ को मृत्यु , ३० जना घाइते

सम्बन्धित समाचार

बंगलादेशको चट्टोग्राम जिल्लामा शनिबार एक अक्सिजन प्लान्टमा भीषण आगलागी भएको छ । यस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् ।

स्थानीय संचार माध्यमका अनुसार शनिवार अपराह्न ४ः३० बजे सीताकुण्ड उपजिल्लाको केशवपुर क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विष्फोटको आवाज आएको थियो । त्यसपछि मानिसहरूले आगो बलेको देखेका थिए । आगो निभाउन पाँचवटा दमकल बोलाउनु परेको दमकलले जनाएको छ । अहिलेसम्म आगजनीको ठोस कारण खुल्न सकेको छैन ।

मृतकको सनाखत हुन बाँकी रहेको बताइएको छ । यसअघि फेब्रुअरीमा ढाकाको एक आवासीय भवनमा आगलागी भएको थियो । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img