Monday, May 19, 2025
74.2 F
Washington DC.

यस हप्ताको ठट्टा मजाक: सांढु भनेको के हो पापा?

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हप्ता दिनको थकान मेटाउन यदि तपाइँ ठट्टा मजाक पढन चाहनुहुन्छ भने तपाइँ यी हास्यास्पद चुटकिला (जोक्स ) पढ्न सक्नुहुन्छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको यी चुटकिलाहरु प्रतेक हप्ताको आइतबारका दिन प्रस्तुत गर्दै आएका छौ। यी चुटकिलाहरु पढेपछि तपाईको अनुहारमा मुस्कान आउनेछ, जसलाई तपाईले चाहेर पनि रोक्न सक्नु हुने छैन।

१. सांढु भनेको के हो पापा?

छोरा बाबुलाई सोध्छ : पापा, तपाई र “सांढु” विचको सम्बन्ध कस्तो हो?
बावुले छोरालाई जवाफ दिए : बावुः हामी दुईले दिदी बैनी विवाह गरेकाले सांढु भएका हौ। अर्को अर्थमा, एउटै कम्पनीले दुईजनालाई ठग्छ भने त्यसलाई “सांढु” भनिन्छ…! त्यसैले हामी ठगिएका सांढु हौ!
त्यसपछि आमा त्यहाँ आइपुग्छीन।।।।
अब के हुनु थियो……, बावुकौ कुरा सुनेर आमा रिसले ‘रातो पिरो’ भइन, उता डरले बाबु ‘निलो र कालो’।

२. यमराजः तिम्रो व्याय फ्रेन्ड छ ?

पुरूषहरूको हरकतले वाक्क भएर तिनजना युवतीहरूले बिष खाएपछी मृत्यु भएछ अनि पुगेछन यमराजको शरणमा।

पहिलो केटीलाई यमराजले सोधेछन : तिम्रो व्याय फ्रेन्ड छ?
पहिलो केटी : छ हजुर।
यमराज : त्यसो भए तिमी नर्कमा जाऊ ।

दोस्रो केटीलाई सोधेछ : तिम्रो व्याय फ्रेन्ड छ?
दोस्रो केटी : म त बिबाहित हु, दुई बच्चा र लोग्ने छन हजुर ।
यमराज :त्यसो भए तिमी स्वर्गमा जाऊ ।

त्यस्तै तेस्रो केटीलाई सोधेछ: तिम्रो व्याय फ्रेन्ड छ?
तेस्रो केटी : छैन हजुर , भर्खरै १६ बर्ष काटे।
यमराज : त्यसो भए यता कुनामा आउ …….!

यमलोकमा पनि महिला पिडित….!

३. पत्नीको घुराईमा आगो भए पति

पत्नी रिसाउदै- आजराती सपनामा मलाई बेस्सरी गाली गर्दै हुनु हुन्थ्यो नी.… किन गाली गरेको?
पति- होईन, तिमीलाई कुनै भ्रम भएछ.…….
पत्नी- कस्तो भ्रम ?
पति- यही कि , ” म निदाएको भन्ने ”…
खासमा म निदाउन नै सकिन ….तिमीले घुरेर, अनी गाली नगरे स्यावास भन्नु?
त्यस दिन देखि सांच्चै नै पतिको निन्द्रा गायब छ.….!

४. केटा र केटी रेष्टुरेन्टमा…

Cartoon Illustration of Young Couple in Love in the Restaurant or Cafe

केटा : I Love You.
केटी : I don’t love you.
केटा : Think again?
केटी : I told u. No no & no.
केटा : वेटर, छुट्टाछुट्टै बिल ल्याउ है ।
केटी : Ok ok… I Love u too…

५. ससुरालीमा हुनेवाला ज्वाईको डिल

बुबा: छोरा, ससुराले स्कुटर दिन्छु भनेछन भने कार माग्नुकुलर दिन्छु भने एसी , घर भने बंगला माग्नु …
छोरा- बुवा , ससुराले मलाई छोरी दिए भने म उनको आमा पनि मागौ ?
कुरा सुनेर बुबा खुसीले बेहोस भए.……

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img