spot_img
Friday, November 22, 2024
37.9 F
Washington DC.
spot_img

इक्वेडरमा ६.५ म्याग्निच्युडको भूकम्पमा परी १४ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इक्वेडरको गुभास प्रान्तमा गएको ६.५ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ पुगेको इक्वेडरका अधिकारीहरूले शनिबार बताएका छन् ।

भूकम्पको धक्का देशका प्रायः सबै प्रान्तहरूमा महसुस गरिएको थियो, तर त्यहाँ ग्वायास, पिचिन्चा, अजुए र एल ओरो प्रान्तहरू, विशेष गरी ग्वायाकिल, क्विटो र कुएन्का सहरहरूबाट धेरै संख्यामा रिपोर्टहरू आएको , नेशनल पोलिटेक्निक स्कूलको भूभौतिक संस्थानले जनाएको छ ।

इक्वेडोरको जोखिम व्यवस्थापन सचिवालयका अनुसार भूकम्पपछि अन्य ३८१ जना घाइते भएका छन् । मारिनेमा एल ओरो प्रान्तका ११ र अजुए प्रान्तमा एक जना रहेका छन् । केही घाइतेहरूको अस्पतालहरूमा उपचार गरिएको छ।

इक्वेडोरका राष्ट्रपति गुइलेर्मो लासोले ग्वाभासको राजधानी ग्वायाकिलमा राष्ट्रिय आपतकालीन समितिको स्थापनाको क्रममा तत्काल उद्वार तथा सहयोग जुटाउन आदेस दिएका छन् ।

नेशनल पोलिटेक्निक स्कूलको भूभौतिक संस्थानका अनुसार दिउँसो १२ बजेर १२ मिनेटमा भूकम्प गएको थियो । स्थानीय समय अनुसार शनिबार (१७१२ GMT) गुयास प्रान्तको बालाओ सहरबाट ४४ किलोमिटर गहिराईमा २९.१२ किलोमिटर टाढा रहेको र इक्वेडरका २४ मध्ये १३ प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

नेशनल पोलिटेक्निक स्कूल

जोखिम व्यवस्थापन सचिवालयले सुरुमा घर, स्वास्थ्य केन्द्र, शैक्षिक संस्था र सार्वजनिक वा निजी सम्पत्तिमा भौतिक क्षतिको अतिरिक्त चार जनाको मृत्यु भएको रिपोर्ट गरेको थियो।

राष्ट्रपति लासोले प्रभावित घरहरूको पुनर्निर्माणमा आवास मन्त्रालयले सहयोग गर्ने र आर्थिक तथा सामाजिक समावेशीकरण मन्त्रालयले पीडितहरूलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img