Friday, March 6, 2026
51.9 F
Washington DC.

२०७८ सालको तिहारपर्व सँग सम्वन्धित दिन तथा साईतहरू

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

यस वर्षको भाइटीकाको साइत कात्तिक २० गते, शनिवार विहान ११ः२ बजेमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व कार्तिक १६ गते  मंगलबार देखि सुरू भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति का अनुसार: कार्तिक १६ गते, मंगलवार काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १७ गते बुधबार- काकबली (कागतिहार) कुकुरतिहार ,नरकचतुर्दशी , १८ गते, विहिवार- लक्ष्मीपूजा, दीपमालिका,  सुखरात्रि , १९ गते, शुक्रवार –  गोबर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२  प्रारम्भ एवं कार्तिक २० गते, शनिवार यमद्वितीया भाइटीका ,(किजापूजा)

नेपाल पञ्चाङ्ग निर्णायक समिति

कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन्। शास्त्रीयरूपमा गाईको पूजा भने कात्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img