spot_img
Saturday, September 21, 2024
76.4 F
Washington DC.
spot_img

इन्डोनेसियामा आइतबार लगातार दुई भूकम्प

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इन्डोनेसियामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान इन्डोनेसियाको केपुलाउआन बाटुमा करिब ६ म्याग्निच्युडको दुईवटा भूकम्प गएको युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्र (इएमयससी) ले जनाएको हो ।

युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (इएमयससी) का अनुसार रेक्टर स्केलमा यसको तीव्रता ६.४ र ५.८ मापन गरिएको छ ।

इएमयससीले आइतबार बिहान केपुलुआन बाटुमा दुईवटा भूकम्प गएको जनाएको छ। आइतबार भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो । यसको तीव्रता ६.४ थियो। त्यसको केही घण्टापछि फेरि ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

इएमयससीले पहिलो भूकम्प ४३ किलोमिटर गहिराइमा र दोस्रो ४० किलोमिटर गहिराइमा गएको जनाएको छ । भूकम्पका कारण मानवीय वा धनमालको क्षतिको कुनै समाचार आएको छैन ।

इन्डोनेसियामा गत बुधबार पनि भूकम्प गएको थियो । सबाङबाट १६ किलोमिटर पश्चिम दक्षिणपश्चिममा भूकम्प गएको थियो । रेक्टर स्केलमा यसको तीव्रता ४.४ थियो। इएमयससीले भूकम्प राति ११ बजेतिर गएको जनाएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img