Friday, March 6, 2026
62.1 F
Washington DC.

इन्डोनेसियामा आइतबार लगातार दुई भूकम्प

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इन्डोनेसियामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान इन्डोनेसियाको केपुलाउआन बाटुमा करिब ६ म्याग्निच्युडको दुईवटा भूकम्प गएको युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्र (इएमयससी) ले जनाएको हो ।

युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (इएमयससी) का अनुसार रेक्टर स्केलमा यसको तीव्रता ६.४ र ५.८ मापन गरिएको छ ।

इएमयससीले आइतबार बिहान केपुलुआन बाटुमा दुईवटा भूकम्प गएको जनाएको छ। आइतबार भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो । यसको तीव्रता ६.४ थियो। त्यसको केही घण्टापछि फेरि ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

इएमयससीले पहिलो भूकम्प ४३ किलोमिटर गहिराइमा र दोस्रो ४० किलोमिटर गहिराइमा गएको जनाएको छ । भूकम्पका कारण मानवीय वा धनमालको क्षतिको कुनै समाचार आएको छैन ।

इन्डोनेसियामा गत बुधबार पनि भूकम्प गएको थियो । सबाङबाट १६ किलोमिटर पश्चिम दक्षिणपश्चिममा भूकम्प गएको थियो । रेक्टर स्केलमा यसको तीव्रता ४.४ थियो। इएमयससीले भूकम्प राति ११ बजेतिर गएको जनाएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img