Friday, April 11, 2025
47.5 F
Washington DC.

मेटालाई इयुको डाटा कानूनको उल्लङ्घन गरेकोमा $१. २९ बिलियन को रेकर्ड जरिवाना

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फेसबुकको मूल कम्पनी मेटालाई युरोपियन युनियन (इयु) को डाटा कानूनको उल्लङ्घन गरेकोमा € १ . २ बिलियन ($ १. २९ बिलियन) को रेकर्ड जरिवाना गरिएको छ, आयरिश डाटा संरक्षण प्राधिकरण (डिपीसी ) ले सोमबार एक बिज्ञप्ति मार्फत जनाएको छ ।

यो मुद्दा एङ्ग्लो-अमेरिकी गुप्तचर एजेन्सीहरूद्वारा व्यापक निगरानीमा फेसबुकको संलग्नतासँग सम्बन्धित छ, जुन अमेरिकी ह्वाइटलब्लोअर एडवर्ड स्नोडेनले खुलासा गरेको थियो।

फर्मले यीयूको जनरल डाटा प्रोटेक्शन रेगुलेसन (GDPR) को उल्लङ्घन गरेको आयरिश डाटा संरक्षण प्राधिकरणले जनाएको छ ।

आयरिश डाटा संरक्षण प्राधिकरण (डिपीसी ) इयुमा व्यक्तिहरूको व्यक्तिगत डेटा सुरक्षित राख्नको लागि मौलिक अधिकारप्राप्त जिम्मेवार राष्ट्रिय स्वतन्त्र प्राधिकरण हो।

यस सम्बन्धमा मेटा वा यसको मालिक मार्क जुकरबर्गबाट कुनै प्रारम्भिक टिप्पणी आएको छैन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img