Saturday, May 17, 2025
68.6 F
Washington DC.

ताजकिस्तानमा भारी वर्षाका कारण १३ जनाको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ताजिकिस्तानको बिभिन्न क्षेत्रमा अगस्ट २७ मा परेको भारी वर्षाका कारण १३ जनाको मृत्यु भएको राष्ट्रपतिको प्रेस सेवाले जनाएको छ।

पहिरोले ११ जनाको ज्यान गएको छ भने वाहदत सहर र रुडाकी जिल्लामा दुई जनाको ज्यान गएको, राष्ट्रपतिको प्रेस सेवाले जनाएको छ ।

राष्ट्रपति इमोमाली रहमोनले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारलाई सहयोग उपलब्ध गराउन प्रधानमन्त्री तथा आपतकालीन अवस्था तथा नागरिक रक्षा समितिलाई निर्देशन दिएका छन् । अधिकारीहरूलाई पनि विपद् पछिको अवस्थामा प्रभावित परिवारलाई तत्काल सहयोग गर्न राष्ट्रपति आदेश दिएका छन् ।

आइतबार परेको अविरल वर्षाले दुशान्बे–खुजन्द सडकखण्डमा क्षति पुगेको छ । माटोको बहाव, पहिरो र ढुङ्गाहरू झरेका कारण सडकमा सवारी आवागमन केही समयका लागि रोकिएको प्रेस सेवाले जनाएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र...

अन्य समाचार

- Advertisement -spot_img