Friday, March 6, 2026
53.4 F
Washington DC.

अमेरिकामा सदनका सभामुखको पद खोसियो

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एक ऐतिहासिक घटनाक्रममा, अमेरिकी प्रतिनिधि सभाले मंगलबार केभिन म्याकार्थीलाई सभाको सभामुखको पदबाट हटाउनको लागि मतदान गरेको छ। मतदानमा उनको विपक्षमा २१६ र पक्षमा २१० मत परेपछि उनी सभामुखबाट हटाइएका हुन् ।

पूर्व राष्ट्पति डोनाल्ड ट्रम्पका ६ जना कट्टर समर्थक सांसदहरूले उनको पक्षमा भोट नदिएपछि उनी अत्पमतमा परेका थिए। अमेरिकामा सदनका सभामुखको पद खोसिएको यो पहिलो घटना हो।

यस घटनाक्रमले रिपव्लिकनमा दुई चिरा भएको प्रष्ट देखिन्छ। त्यसभित्र अझै केभिन म्याकार्थीसंग ठूलो संख्यामा सांसद छन भने ट्रम्पसंग थोरै छन। यस अवस्थामा दुबैले सदनमा बहुमत जुटाउन सक्दैनन।

रिपब्लिकन प्रतिनिधि म्याट गेट्जद्वारा आफ्नै दलका म्याकार्थीलाई सभामुखबाट प्रतिस्थापन गर्न “हटाउने प्रस्ताव” पेश गरेका थिए। यो प्रस्ताव सदनको साधारण बहुमतले पारित भयो र म्याकार्थीलाई उनको पदबाट हटाइयो।

अहिले संसदमा नयाँ सभामुख छैनन् । सदन अहिले धमिलो अवस्थामा छ, र सभाको नयाँ सभामुख कसले लिने भन्ने स्पष्ट छैन। यतिबेला अन्तरिम सभामुखमा उत्तर क्यारोलिनाका प्रतिनिधि प्याट्रिक म्याकहेनरीलाई चुनिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img