spot_img
Monday, September 23, 2024
65.7 F
Washington DC.
spot_img

अमेरिकामा सदनका सभामुखको पद खोसियो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एक ऐतिहासिक घटनाक्रममा, अमेरिकी प्रतिनिधि सभाले मंगलबार केभिन म्याकार्थीलाई सभाको सभामुखको पदबाट हटाउनको लागि मतदान गरेको छ। मतदानमा उनको विपक्षमा २१६ र पक्षमा २१० मत परेपछि उनी सभामुखबाट हटाइएका हुन् ।

पूर्व राष्ट्पति डोनाल्ड ट्रम्पका ६ जना कट्टर समर्थक सांसदहरूले उनको पक्षमा भोट नदिएपछि उनी अत्पमतमा परेका थिए। अमेरिकामा सदनका सभामुखको पद खोसिएको यो पहिलो घटना हो।

यस घटनाक्रमले रिपव्लिकनमा दुई चिरा भएको प्रष्ट देखिन्छ। त्यसभित्र अझै केभिन म्याकार्थीसंग ठूलो संख्यामा सांसद छन भने ट्रम्पसंग थोरै छन। यस अवस्थामा दुबैले सदनमा बहुमत जुटाउन सक्दैनन।

रिपब्लिकन प्रतिनिधि म्याट गेट्जद्वारा आफ्नै दलका म्याकार्थीलाई सभामुखबाट प्रतिस्थापन गर्न “हटाउने प्रस्ताव” पेश गरेका थिए। यो प्रस्ताव सदनको साधारण बहुमतले पारित भयो र म्याकार्थीलाई उनको पदबाट हटाइयो।

अहिले संसदमा नयाँ सभामुख छैनन् । सदन अहिले धमिलो अवस्थामा छ, र सभाको नयाँ सभामुख कसले लिने भन्ने स्पष्ट छैन। यतिबेला अन्तरिम सभामुखमा उत्तर क्यारोलिनाका प्रतिनिधि प्याट्रिक म्याकहेनरीलाई चुनिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img