Friday, March 6, 2026
53.4 F
Washington DC.

अमेरिका- ममता काफ्ले भट्टलाई बेपत्ता पारेको आरोपमा उनका पति नरेश भट्ट गिरफ्तार

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

करिब तिन साता अघि मनासस, भर्जिनियामा अन्तिम पटक देखिएकी २८ वर्षीया ममता काफ्लेलाई लापता गर्न संलग्न भएको आरोपमा उनका पति नरेश भट्टलाई मनासास पार्कका अधिकारीहरूले विहिवार पक्राउ गरेका छन्। प्रिन्स विलियम काउन्टी र मनासास र मनासस पार्कका शहरहरूका लागि न्यायधिवक्ता एमी एशवर्थले मनासास पार्कका पुलिस प्रमुख मारियो लुगोसँगै पक्राउको घोषणा गरेका थिए।

भट्टलाई भर्जिनिया कानूनको उल्लङ्घन गरी शव लुकाउन प्रतिबन्धको जघन्य अपराधको अभियोग लगाइएको छ। तर, अदालतमा दोषी प्रमाणित नभएसम्म भट्टलाई निर्दोष मानिन्छ।

नरेश भट्ट उपरको अभियोग

यो गिरफ्तारी ममता बेपत्ता भएको बारे विस्तृत अनुसन्धान पछि भएको छ । ममता अन्तिम पटक जुलाई २७, २०२४ मा देखिएकी थिईन र त्यस पश्चात उनी अगस्त १ मा आफ्नो काममा नआएपछि खोजविन  सुरु भएको थियो। अगस्ट २१, २०२४ मा, गुप्तचरहरूले प्रिन्स विलियम काउन्टी पुलिसको सहयोगमा भट्टको निवासमा खोजी वारेन्ट जारी भए अनुशार तलासी लिएका थिए । विभागको फोरेन्सिक इकाईले खोजीका क्रममा थप प्रमाणहरू फेला पारेका थिए, जसले भट्टलाई अधिवक्ताको कार्यालयसँग परामर्श गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ममता काफ्ले भट्ट

यस प्रकरणबाट प्रभावित भईरहेकी एक बर्षकी छोरीलाई पनि समाज सेवा विभागमा राखिएको छ । बच्चा हाल सुरक्षित रहेको र सामाजिक सेवा र पुलिस विभाग द्वारा खटाइएको हेरचाहकर्ताको रेखदेखमा रहेको बताईएको छ।

मनासास पार्क पुलिस विभागले ममता बेपत्ताको अनुसन्धान जारी राखेको छ र सक्रिय रूपमा नयाँ प्रमाणहरू खोजिरहेको छ। अनुसन्धान अगाडि बढ्दै जाँदा भविष्यमा भट्टलाई थप अभियोग लाग्न सक्छ ।

नरेश भट्टलाई धरौटीविना नै थुनामा राखेर भोलि बिहान अदालतमा उपस्थित गराइने भएको छ ।

अधिकारीहरूले ममता काफ्ले भट्टको ठेगाना वा उनको बेपत्ताको बारेमा कुनै पनि विवरणको बारेमा जानकारी भएका जो कोहीलाई सुचना दिन आग्रह गरेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img