Friday, March 6, 2026
53.4 F
Washington DC.

आधा बढी मत गन्दा बालेन – सुनिताको जोडीको निरन्तर अग्रता

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं महानगरपालिकामा ९६, ९४४ मत गणना गर्दा स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाहले १६ हजार बढीको अग्रता बनाएका छन्। त्यस्तै , उपमेयरमा सुनिता डंगोलले करिव २३ हजारको अग्रता लिएकी छन्। 

शनिबार अपराह्न ५ बजे सम्मको प्राप्त मत नतिजा अनुसार बालेनले ३५,३७४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १९,२४८ र र गठबन्धन तथा कांग्रेसकी सिर्जना सिंहले १९,०८३ मत प्राप्त गरेकी छन्। 

निर्वाचन आयोगका अनुसार काठमाण्डौमा अहिलेसम्म ५१ प्रतिशत मतगणना भै सकेको र ४९ प्रतिशत मत गणना हुन बाकि रहेको छ।

उता, एमालेकातर्फ बाट उपमेयरका उम्मेदवार सुनिता डंगोलले ३४,१२८ मत प्राप्त गरी करिव २३ हजार मतको फराकिलो अग्रता लिएकी छन्। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले ११,२६० र राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ७,१९३ मत प्राप्त गरेकी छन्। 

मेयर तर्फ बालेन शाहले केशव स्थापितसँग १६ हजार १२६ को मतान्तर बनाउदै निरन्तर अग्रता लिएका छन् भने उपमेयरमा सुनिता डंगोलले २२,८६८ मतको फराकिलो मतान्तरले अग्रता लिएकी छन्।

यो पनि पढ्नु होस्। काठमाण्डौले मनपराएको बालेन – सुनिताको युवा जोडी

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img