Thursday, April 17, 2025
50.2 F
Washington DC.

बलात्कारको आरोपमा मनोज पाण्डे पक्राउ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एक युवतीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार अपरान्ह स्वयम्भुबाट पक्राउ परेको स्रोतले जानकारी दिएको छ।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि आरोपी पाण्डेलाई निगरानीमा राखेको थियो।

सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक पाण्डेले एक प्रतियोगी युवतीलाई बलात्कार गरेको घटना सार्वजनिक भएसंगै काठमाडौंमा बलात्कार विरुद्धको प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने‚ बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्न ‘फास्ट ट्र्याक’ अदालतको स्थापना गर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले ‘बलात्कार पीडितलाई न्याय दे’‚ ‘दोषीलाई सजाय दे’ लगायत नारा लगाएका थिए ।

यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार गरेको सार्वजनिक भइसकेपछि सम्बन्धित व्यक्तिमाथि अनुसन्धान गर्न माग गरेका थिए। त्यसपछि सभामुख अग्नी सापकोटाले युवतीको बलात्कारको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अनुसन्धान गर्न र दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएका थिए।

निर्देशनपछि प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन्। समितिले अनुसन्धान अघि बढाएको स्रोतले जानकारी दिएको छ।

यो पनि पढ्नु होस्। सौन्दर्य प्रतियोगितामा यौन शोषण भएको युवतीको आरोप – सहयोग गर्न नसकेकोमा माल्भिका सुब्बाले माफी माग्दै सार्वजनिक गरिन भावुक विज्ञप्ति

बलात्कारमा परेकी युवतीले बिहीबार राति टीकटकमा अर्को भिडियो पोष्ट गर्दै भक्कानिँदै भनिन्: ‘ ‘यो कस्तो नियम हो नेपालको? एक वर्षभित्र रिपोर्ट गरेन भने फाइल नै लिइँदैन रे कोर्टले । मेरो आशा हराउँदै गएको छ । ‘मलाई अहिले थाहा भयो, एक वर्षसम्म रिपोर्ट गरेन भने त्यो फाइल दर्ता भए पनि कोर्टले फिर्ता गरिदिन्छ । त्यसो भए के म पीडित होइन ? उनले अगाडि भनेकी छन् ‘कोही ढिला बोल्छन् कोही छिटो बोल्छन् । म बोल्न सकिनँ । के तपाईंहरुले माल्भिकाको क्षमायाचना हेर्नुभयो?’ ‘ तिमीले मेरोलागि अलिकति पनि सहयोग गरेको भए म यति बर्ष सम्म पिडित हुनु पर्दैन थियो ‘ , उनले भक्कानिदै माल्भिकालाई भनेकी छन्।

यतिबेला कानूनविदहरु बिचमा तातो बहस थपिएको छ। हदम्यादकै कारण जनमानस बीच चर्चा भएझैं के ती पिडित युवतीका लागि कानूनी बाटो बन्द भएको हो त ? के उनले न्यायका लागि कुनै कानूनी प्रक्रियालाई टेकेर अगाडि बढ्न प्रचलित कानून बाधक नै हो ?

आठ वर्षअघिको यो प्रकरण बलात्कारमा मात्र सिमित नभएकाले यसमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ आकर्षित हुन सक्ने भन्ने बिषयमा तातो बहसको सुरुवात भएको छ।

यो पनि पढ्नु होस्। आठ वर्षअघिको बलात्कार प्रकरणबारे पिडितलाई न्याय दिन कानूनी प्रावधानको खोजी हुदै

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img