spot_img
Saturday, September 21, 2024
74.8 F
Washington DC.
spot_img

नेपालको पासपोर्ट विश्वकै कमजोर- नेपाल १०६औं स्थानमा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हेन्ली नामक एक कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा संसारभरिका पासपोर्टको तुलना गर्दा नेपालको पासपोर्ट अत्यन्त कमजोर भएको पाइएको छ । उक्त अध्ययनले सबैभन्दा कमजोर रहेको अफगानिस्तान ११२ औं स्थानमा रहेको छ भने नेपाल १०६औं स्थानमा छ।

हेन्लीको सर्वेक्षणले जापानको पासपोर्ट एक नम्बरमा अर्थात सबैभन्दा शक्तिशाली देखाएको छ । जापानी नागरिकहरूले १९३ देशको भ्रमणकालागि अग्रिम भिसा लगाउनु पर्दैन , ति मुलुकका एयरपोर्ट्मै भिसा लगाई भ्रमण गर्न पाउँछन्।

दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाका नागरिकले १९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीका नागरिकले १९० देशका एयरपोर्ट्मै भिसा लगाई भ्रमण गर्न पाउँछन्।

इटाली, फिनल्यान्ड, र लक्जेमवर्ग १ ८९ देशसहित चौथो र डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड्स र स्विडेनको राहदानी १ ८८ देशसहित पाँचौं शक्तिशाली पाइएको छ ।

यसैगरी, फ्रान्स, पोर्चुगल, आयरल्यान्ड र बेलायत १ ८७ देशसहित छैटौं तथा १ ८६ देशसँगै स्विट्जरल्यान्ड, अमेरिका, नर्वे, बेल्जियम र न्युजिल्यान्ड ७ औंमा छन् ।

तर, कमजोर पासपोर्ट रहेको नेपाली नागरिकले भने ३८ मुलुकहरुमा मात्र एयरपोर्ट्मै भिसा लगाई भ्रमण गर्न पाउँछन्।

लन्डनमा रहेको हेन्ली कम्पनीले अध्ययनबाट पाइएको यो पासपोर्टहरूको र्याङ्किङ विश्वका पासपोर्टहरूको मौलिक र आधिकारिक र्याङ्किङ भएको जनाएको छ। हेन्लीक अनुसार यो सूचकांक इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA) को विशेष डाटामा आधारित छ।

सबैभन्दा बढी शक्तिशाली राहदानी

१. जापान

२.सिंगापुर, दक्षिण कोरिया

३. जर्मनी, स्पेन

४. फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग

५.अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड्स, स्विडेन

६.फ्रान्स, आयरल्यान्ड, पोर्चुगल, बेलायत

७. बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विजरल्यान्ड, अमेरिका

८.अस्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रीस, माल्टा

९.हंगेरी

१०.लिथुआनिया, पोल्यान्ड, स्लोभाकिया

सबैभन्दा कमजोर राहदानी

१०५. उत्तर कोरिया

१०६.नेपाल, प्यालेस्टाइन क्षेत्र

१०७.सोमालिया

१०८. यमन

१०९.पाकिस्तान

११०.सिरिया

१११.इराक

११२.अफगानिस्तान

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img