spot_img
Saturday, September 21, 2024
81.4 F
Washington DC.
spot_img

विश्वकै सबैभन्दा वृद्ध पाण्डा ‘एन एन’ को ३५ वर्षको उमेरमा निधन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मानव हेरचाह अन्तर्गत संसारको सबैभन्दा लामो समय बाँच्ने पुरुष वृद्ध जायण्ट पाण्डा ‘एन एन’ को बिहीबार हङकङको ओशन पार्कमा ३५ वर्षको उमेरमा निधन भएको छ।

सबैभन्दा जेठो ‘एन एन’ को बिहीबार ३५ वर्षको उमेरमा निधन भएको पार्कले फेसबुक पोस्टमा जनाएको छ । उनको उमेर मानव वर्षमा १०५ वर्ष बराबर छ।

एन एन मानव हेरचाहमा रहेको थियो र १९९९ देखि हङकङ स्थित ओशन पार्कमा बस्दै आएको थियो।

एन एनको स्वास्थ्य विगत केही हप्ताहरूमा बिस्तारै बिग्रँदै गएको थियो र शारीरिक गतिविधिका साथै उसमा खाना खान समस्या भएको पार्कले जनाएको छ।

” पार्कसँगै हुर्केको एन हाम्रो परिवारको अपरिहार्य सदस्य थियो” , ओशन पार्कले भनेको छ। एनले स्थानीय र पर्यटकहरूसँग समान रूपमा मित्रता बनाउन सफल भएको समेत पार्कले जनाएको छ।

जिया जिया नामक अर्को पाण्डा सन् १९९९ मा एनका साथ हङकङ आइपुगेदेखि उनीहरूले पर्यटकहरूका लागि प्रकृति र इकोसिस्टमलाई प्रवर्द्धन गर्ने पार्कको प्रयासलाई सफल बनाउन योगदान दिएको र उनीहरूलाई विश्वभरका आगन्तुकहरूले मन पराउने गरेको पार्कले जानकारी दिएको छ ।

एनलाई श्रद्धाञ्जली दिँदै पार्कले भनेको छ : “हामी हङकङका मानिसहरू लगायत विश्वभरका हाम्रा पर्यटक आगन्तुकहरूलाई उसले प्रदान गरेको सबै अद्भुत चीजहरूका लागि एनप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छौं, किनकि एन संरक्षणको सच्चा राजदूत थिए र उनले शैक्षिक सन्देश प्रवाह गर्न सफल भए ।”

“एनले हामीलाई हृदय देखि नै न्यानो यादहरूको साथ मनमोहक सम्झनाहरू छोडेको छ। उनको चतुरता र चंचलता धेरै याद गरिनेछ, “ओशन पार्क कर्पोरेशनका अध्यक्ष पाउलो पोङले एक विज्ञप्तिमा भनेका छन् ।

पार्कले आजदेखि हङकङ जोकी क्लब सिचुआन ट्रेजर्समा शोक पुस्तकहरू राखेको बताएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img