spot_img
Saturday, September 21, 2024
81.4 F
Washington DC.
spot_img

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु पहिलो आदिवासी समुदायबाट निर्वाचित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतको १५औं राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन् । उनी राष्ट्रपतिका रुपमा पहिलो आदिवासी समुदायबाट निर्वाचित भएकी हुन् ।

सत्तारुढ भारतीय जनता पार्टीका राष्ट्रपतिका उम्मेदवार मुर्मुले विपक्षी दलका यशवंत सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ।

बर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा समाप्त हुने र मुर्मुले जुलाई २५ मा राष्ट्रपतिको पदभार सम्हाल्ने बताइएको छ। उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछिन् ।

ओडिशाको अति पिछडिएको र संथाल समुदायकी ६४ वर्षीया द्रौपदीको यात्रा संघर्षले भरिएको छ । उनको जन्म २० जुन १९५८ मा ओडिशाको मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा भएको थियो। उनको बुबाको नाम बिरांची नारायण टुडु हो। आदिवासी संथाल परिवारकी द्रौपदीको विवाह श्यामचरण मुर्मुसँग भएको थियो । उनीहरुका दुई छोरा र एक छोरी थिए । विवाहको केही समयपछि उनका श्रीमान् र दुवै छोराको मृत्यु भयो ।

उनी झारखण्डको अल्पसंख्यक संथाल जनजातिको प्रतिनिधित्व गर्छिन्।

उनले राजनीति र सामाजिक सेवामा करिब दुई दशक बिताएकि छन् र २०१५ मा झारखण्ड राज्यको पहिलो आदिवासी गभर्नरको रूपमा नियुक्त भएकी थिइन्।

मुर्मुले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौं मुख्यमन्त्री (राज्यपाल)को रूपमा सेवा गरिसकेकि छन्। उनका हजुरबुबा र बुबा पनि गाउँ पञ्चायतका अध्यक्ष थिए।

राज्यको राजनीतिमा आउनुअघि मुर्मुले विद्यालय शिक्षकको रूपमा काम गरेकी थिइन्। उनले श्री अरविन्दो इन्टिग्रल एजुकेशन एण्ड रिसर्च इन्स्टिच्युट, रायरंगपुरमा सहायक प्राध्यापक र ओडिशा सरकारको सिंचाई विभागमा सहायकको रूपमा पनि काम गरिन्।

मुर्मु १९९७ मा भारतीय जनता पार्टी (बीजेपी) मा आबद्व भईन र रायरंगपुर नगर पञ्चायतको पार्षद निर्वाचित भईन र सन् २००० मा यसको अध्यक्ष भईन । उनले अल्पसंख्यक जनजातिहरूको मोर्चाको राष्ट्रिय उपाध्यक्षको रूपमा पनि काम गरिन्। उनले उडिसा राज्यमा दुईपटक मन्त्रीको रुपमा काम गरिन
(एजेन्सीहरूबाट जानकारी सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img