Friday, March 6, 2026
51.9 F
Washington DC.

समुद्री किनारमा भेटिए दुर्लभ चुच्चे ह्वेल, वैज्ञानिकहरू चिन्तित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

डल्फिनको जस्तो नाक भएको चुच्चे ह्वेलहरू ( Beaked Whales) समुद्रको सबैभन्दा रहस्यमय ह्वेल प्रजातिहरू हुन् र तिनीहरू प्राय: समुद्र तटहरू नजिक पाइँदैनन्। तर,विशेष गरी गहिरो समुन्द्रमा पाइने र विरलै देखिने चुच्चे ह्वेलहरू नेदरल्याण्डको तट नजिकै भेटिएका छन्।

एसओएस डल्फिन फाउन्डेसनका अनुसार जुलाई १९ मा नेदरल्याण्डको तटमा तीनवटा चुच्चे ह्वेल फेला परेका थिए।

उत्तरी सागरको सतहको पानीमा गहिरो समुद्री ह्वेलहरू बाँच्न गाह्रो भएकाले पछिल्लो घटना चिन्ताजनक भएको फाउन्डेसनले जनाएको छ।

चुच्चे ह्वेल असामान्य र अस्पष्ट २४ प्रजातिहरुको एक विविध समूह हो । तिनीहरू लम्बाइमा ४२ फिट सम्म पुग्न सक्छन् । समुद्री जनावरहरूमा असामान्य मानिने चुच्चे ह्वेल समुद्रमा शिकार गर्न ठूलो गहिराइमा डुबुल्की मार्छन् ।

तिनीहरू करिब ९,००० फिटको गहिराइमा डुब्न सक्छन् र चार घण्टा भन्दा बढीको लागि आफ्नो सास रोक्न सक्छन्।

लन्डनको सेटासियन स्ट्रान्डिङ इन्भेस्टिगेसन प्रोग्राम (सीएसआइपी) को जुलोजिकल सोसाइटीका परियोजना प्रबन्धक रोब डेभिलका अनुसार सिकारी र मानव निर्मित प्लास्टिक प्रदूषणका कारण धेरै ह्वेलहरू किनारमा पुग्ने गर्दछन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img