Friday, March 6, 2026
51.9 F
Washington DC.

बलिउड अभिनेता सलमान खानले आत्मरक्षाका लागि मागे हतियार

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ज्यान मार्ने धम्की पाएका बलिउड अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न दिनुपर्ने तर्क गर्दै हतियार लाइसेन्सका लागि प्रशासनमा निवेदन दिएका छन् ।

मुम्बई पुलिसका अनुसार गत महिना ग्याङ्स्टर लरेन्स बिष्णोदशाईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै उनले आत्मरक्षाका लागि हतियार लाइसेन्सका लागि आवेदन दिएका थिए।

अभिनेता खानले मुम्बईका प्रहरी प्रमुख विवेक फान्सालकरलाई भेटेर आफू र उनका बुबालाई ज्यान मार्ने धम्कीबारे छलफल गरेका थिए। भेटमा उनले आत्मरक्षाका लागि हतियार लाइसेन्सका लागि निवेदन दिएका थिए ।

पञ्जाबी गायक सिद्धु मूसवालालाई मे २९ मा पञ्जाबको मानसा जिल्लामा गोली हानी हत्या गरेपछि सलमान खान र उनका बुबा सलिम खानलाई जुन ५ मा ज्यान मार्ने धम्की आएको थियो। सलिम खानको सुरक्षा टोलीले उक्त चिठी मुम्बईको बान्द्रा ब्यान्डस्ट्यान्ड प्रोमेनेड नजिकै फेला पारेको थियो जहाँबाट उनी नियमित रूपमा बिहानको पैदल यात्रामा निस्किन्छन्। एजेन्सी

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img