Friday, March 6, 2026
53.4 F
Washington DC.

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा चयन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विवेकशील साझा पार्टीले अध्यक्षमा समीक्षा बास्कोटालाई चयन गरेको छ। पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको  राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष चयन गरेको हो । 

अध्यक्ष बास्कोटाले गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी थिईन । उनी यसअघि २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवार भएकी थिईन । 

बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकीछिन्।

विवेकशील साझा पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै रिक्त संयोजक पदमा भने सञ्जिव वल्लभ भट्टराईलाई चयन गरेको जानकारी दिएको छ ।

संयोजक चयन भएका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र,अर्थशास्त्र र अंग्रेजी भाषामा स्नातक गरेका छन्। 

३४ बर्षे भट्टराई तत्कालीन विवेकशिल नेपाली दलको निर्वाचितनिति सचिब तथा विवेकशिल साझा पार्टीको निति विभाग प्रमुख थिए।

विवेकशील साझाले मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिन निर्वाच्न आयोगमा पार्टी दर्ता गर्न आवश्यक तयारी थाल्ने निर्णय पनि गरेको छ ।

स्थापनादेखि आजसम्म पार्टी निर्माणमा निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रबाट भएको अनवरत त्याग, योगदान तथा समग्र पार्टी पङ्क्तिलाई दिएको प्रेरणाप्रति केन्द्रीय समिति बैठकले उच्च सम्मान व्यक्तगर्दै आगामी मार्गमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img